औषधीको कहाँ भर हुन्छ !
बिश्वासिलो त जहर हुन्छ !!
भर्खर हाँसी रहेको मान्छे ।
सहयोग मागे पत्थर हुन्छ ।
ज़िन्दगी यसैगरी गुज्रिने हो ।
हिउँदमा घामको रहर हुन्छ ।
कति धेरै रहर थे त्यो बेला ।
अब त रहरको रहर हुन्छ ।
ऐंचो-पैंचो, पर्म हराएपछि ।
गाउँ रहन्न शहर हुन्छ ।
घुम्टो खोलेर आउँछिन साँझ ।
लाजले लाल सगर हुन्छ ।




Leave a Reply