• २०८१ चैत्र ५
  • गजल


    लोकेन्द्र बञ्जारा
    लोकेन्द्र बञ्जारा

    हामी सादा रगींनहरू हामीसगँ कहाँ बोल्छन्
    घुम्ने मेचमा आसीनहरू हामीसगँ कहाँ बोल्छन् ।

    दुनियाँका दुई नामुद हामीहरू आवारा हौँ,
    लक्ष्य भेट्न तल्लीनहरू हामीसगँ कहाँ बोल्छन् ।

    उनीहरूलाई बिकास गर्दागर्दै फुर्सद छैन,
    भारत र चीनहरू हामीसगँ कहाँ बोल्छन् ।

    सुन्दिनुस् न हाम्रो पुकार भन्दाभन्दै नबोली गए,
    सम्बेदना बिहिनहरू हामीसगँ कहाँ बोल्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री