असङ्ख्य खासको नसानसामा,
नशा छ यादको नसानसामा ।।
कडा छ प्याला हसीन जूनको,
भरिन्छ रातको नसानसामा ।।
अझै गढेको सियो जसोरी,
छ जात समाजको नसानसामा ।।
बनेर कर्जा हरेक मालिक,
बहन्छ दासको नसानसामा ।।
झलक्क झल्को सधैँ सवारी,
भयो दिमागको नसानसामा ।।
असङ्ख्य खासको नसानसामा,
नशा छ यादको नसानसामा ।।
कडा छ प्याला हसीन जूनको,
भरिन्छ रातको नसानसामा ।।
अझै गढेको सियो जसोरी,
छ जात समाजको नसानसामा ।।
बनेर कर्जा हरेक मालिक,
बहन्छ दासको नसानसामा ।।
झलक्क झल्को सधैँ सवारी,
भयो दिमागको नसानसामा ।।
Leave a Reply