• २०८१ माघ १३
  • गजल



    नटेक् भन्छ बुद्धि,यो मन अर्कै भन्छ
    जहाँ टेक्छु पाइला त्यहीँ धाप बन्छ ।

    जति रोकूं भन्छु कलेजीमा पीडा
    यो बैमानी आँखा सधैँ बर्सि’रन्छ।

    न त सिउन मिल्ने, न त टाल्नै मिल्ने
    मसँग त खालि यो चर्केको मन छ ।

    पराइको चोटले कहाँ मर्छ मान्छे ?
    यहाँ घात गर्ने आफ्नै प्रियजन छ ।

    जता हेर्छु देख्छु भावहीन छ मान्छे
    सबै छन् पराया,कहाँ आफ्नोपन छ ?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री