• २०८२ बैशाख १२
  • १९५ देशका राष्ट्रगान नेपालीमा


    आन्तोन चेखभ
    आन्तोन चेखभ

    काठमाडौँ — विश्वका विभिन्न देशका राष्ट्रगान समेटिएको ‘विश्वका राष्ट्रिय गान’ पुस्तक प्रकाशन भएको छ । नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा १९५ देशका राष्ट्रगान नेपाली भाषामा छन् ।

    फाउन्डेसनका अध्यक्ष विप्लव ढकालले पुस्तकको सम्पादन र प्रदीप निरौलाले अनुवाद गरेका हुन् । पुस्तकमा राष्ट्रगानको रचनाकार, संगीत र आधिकारिक स्वीकृति उल्लेख गरिएको छ ।

    सम्पादक ढकालका अनुसार पुस्तकमा संयुक्त राष्ट्रसंघका १९५ सदस्य र दुई पर्यवेक्षक राष्ट्रका गानहरू समेटिएका छन् । ‘यो पुस्तक विश्व शान्ति, सद्भाव र भाइचाराको कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित गरिएको हो,’ उनले भने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री