अख्लक अन्सारी, (Akhlaq Ansari) पाकिस्तान
जब मानिसहरू बेच्नु वा बेचिनुमा आफ्नो खुसी देख्न थालेँ, सहरहरू मुटु खुम्चिएजस्तै खुम्चिन थाले ।
रगतबाट लिपस्टिकको निर्माण हुन थाल्यो । स्नेहलाई दुस्मनी र बैर भावले विस्थापित गरिदिन थाल्यो ।
त्यसैले, उसले अखबार पढ्न, रेडियो सुन्न वा टेलिभिजन हेर्न नै छोडिदियो । उसले आफ्नो मनमा, ठूलो अक्षरमा लेख्यो— “आडम्बर र अज्ञानताका संस्था बन्द गर ।”
ऊ कारागारमा जस्तै गरी एउटा कुर्सीमा बसेको छ । उसको टाउको झुकोको छ, र उसको सम्पूर्ण उपहास उसकै पाउतरि लत्रिएको छ । कपाल काट्ने नाईले उसको कपाल मिलाइरहेको छ, र उसको खरानी रङको कपालको काटिएको भाग सफा सेतो कपडामाथि खसिरहेको छ ।
ऊ ऐनामा सँगै कपाल काट्न आएको आफ्नो दाइको अनुहार हेर्छ । दाइ भने अखबार पढ्नमै मस्त छ, र नाईको त्यस वातावनुकूलित कक्षमा आरामसँग बसेको देखिन्छ ।
एकाबिहानै उसको दाइले उसलाई गाली गर्दै भनेको थियो, “होइन तँलाई के भयो? तेरा साथीभाइ र हाँसोठट्टा सब हराए त? सारा परिवार चिन्तित छ तेरो व्यवहार देखेर ।”
तर ऊ शान्त रह्यो ।
नाईले उसको सम्पूर्ण ध्यान उसकै कपालमा केन्द्रित गरेको छ । ऊ भने आफ्नै मनभित्रको गहिरो मरुभूमिमा कतै हराएको छ । सोच्छ— “यो बेला कतिवटा गुलुप जलिरहेका होलान्? कतिवटा शल्यक्रिया भइरहेका होलान्? कति मुत्युको क्रूर मुखमा परे होलान् र कति मृत्युको चङ्गुलबाट बाँचेर जीवनमा फर्के होलन्? कति जन्मे होलान् र कति मारिए होलान्? कति बम खसे होला? कति मुस्कानहरू उजाडिए होला? कति आवाजहरू प्रतिध्वनित भइरहेका होलान्? ती सबै आवाज एकैचोटि उठे भने कुनै प्रकारको महाविष्फोट होला कि नहोला?”
“यी, यताको कपाल पनि रँगाइदिनू है?” उसको दाइ नाईलाई भन्छ । ऊ आफ्नो भाइलाई ऐनामा पुलुक्क हेर्छ । चालीसमाथिको भए पनि भाइ सुसूचित, बुद्धिमान र प्रस्ट मान्छे हो ।
हरेक रातको आनन्दमय विश्रामपछि एउटा ताजा सुरूवात्
बिहानको व्यायाम
नास्ता
अखबारका प्रमुख समाचार
अफिस
छोटो विश्राम
साँझको हिँडाइ
ऊ स्वैरकल्पनाको लोकमा प्रवेश गर्छ । बिहान उसको स्वागत गर्ने चियाकै बारेमा मात्रै सोच्दैन । ऊ निद्राको बारेमा पनि सोच्छ, जसलाई चक्कीको सहारामा प्राप्त गरिएको भए पनि त्यसले उसलाई सपनाको लोकमा पु¥याउँछ । त्यहाँ ठूला ठूला आकारका आधुनिक भवनहरू र प्राचीन भवनहरू छन्, र तिनका भित्तामाथिबाट पुराना रूखका हाँगाहरू यताउति फैलिएका छन् ।
नाई उसको कपाल रँगाउनमा व्यस्त छ । उसले देख्छ— उसको दाइ मन्द मुस्कानका साथ ऐनमा हेरेर उसका गतिविधिको निरीक्षण गरिरहेको छ ।
उसको दाइले उसलाई अक्सर उसको प्रिय स्वभाव र खानाको टेबलमा बसेको बेला उसले गर्ने गरेका तीक्ष्ण प्रतिक्रियाहरूको सम्झना दिलाउने प्रयास गरिरहन्थ्यो । उसलाई बोध भएको छ— उसको निशब्दताले यसका बाआमालाई निकै चिन्तित तुल्याएको छ । तर ऊ आफैँलाई सोध्छ— ‘लामा लामा गफ गर्ने माहोल, र सुन्ने श्रोता कहाँ छन् र? अफिसका क्लर्क र स्कुलका शिक्षकबाहेक कोही छैनन् । तिनकै कुरामा पनि बाँचाइका सकसप्रतिका गुनासा र पश्चात्तापबाहेक के छन्?’
सोच्छ— ‘सबैभन्दा कालो रातले उसको कपालमा चुम्बन गरिदेला त? तर रातसँग, झरेर धर्तीमा आउनलाई भ¥याङ कहाँ छ?’ ऊ वर्षौंअघि देखेको एउटा कुकुर सम्झन्छ, जो भ¥याङको बीचमा अड्किएको थियो । न माथि जान सक्थ्यो, न तल । त्यसै कुकुरलाई उसले पछि निकै ठूलो भएको र एउटा लिफ्टबाट निस्कँदै गरेको देखेको थियो । त्यो बेला ऊ रेबिजले ग्रसित थियो ।
यसैबीच नाईको आवाज उसको कानमा र्छ— “सर, तपाईंको बाटुलो अनुहारका लागि यो स्टाइल नै सुहाउँछ ।”
ऊ भने शान्त छ ।
नाईको पसलबाट बाहिर निस्कँदै गर्दा दाइ भन्छ, “वाह? क्या सुन्दर देखियो । अब बल्ल मेरो भाइ भाइजस्तो देखियो ।”
ऊ शान्त छ ।
“तँलाई भेज सुप साह्रै मनपर्छ, होइन?” ऊ भन्छ र एउटा रेष्टुराँतिर लान्छ । त्यहाँ, उसले मगाएको भेज सुपको कचौरा भाइलाई दिन्छ । भाइ सुप खान थाल्छ ।
“कस्तो लाग्यो त सुप?”
“राम्रो ।”
“अरू केही लिने?”
“केही नलिने ।”
“सुन्तोलाको रस?”
दाइचाहिँले भाइका लागि सुन्तोलको रस एक गिलास मगाइदिन्छ । भाइचाहिँले स्ट्रबिनै, एकै सासमा पिइदिन्छ ।
होहल्लाले भरिएको सडक हुँदै दाइचाहिँले उसलाई तयारी कपडाको एउटा पसलमा पु¥याउँछ । तर, त्यहाँ ह्याङ्गरमा झुण्ड्याइएका थरि थरिका रङ्गीचङ्गी कपडाले उसमा कुनै रोमाञ्च पैदा गर्दै सक्दैनन् ।
नीलो रङको सुट देखाउँदै दाइचाहिँ छन्छ, “यो तेरै लागि बनेको हुनुपर्छ । यसमा मरुन रङको टाइ थपियो भने गजब हुन्छ ।”
ऊ लुगा ठिक छन् वा छैनन् भनेर जाँच्न ट्रयल कक्षमा पस्छ, लुगा लगाउँछ र ऐनासामु उभिन्छ । सबै कुरा त ठिक छन् । तर टाई भने कुकुरको पुच्छर झुण्डिएजस्तै देखिन्छ । उसलाई त्यो पटक्कै निको लाग्दैन ।
—०—
‘मिरर’ शीर्षकको कविताको नेपाली अनुवाद । अनुवादकः किशन कार्की
Leave a Reply