• २०८१ जेष्ठ ७
  • पारिजातको “शिरीषको फूल” माथि शङ्कर लामिछानेको भूमिका


    <br />
<b>Warning</b>:  Attempt to read property /home/niroopan/domains/niroopan.com/public_html/wp-content/themes/entersoft_news/single-page/writer.php on line 14
    " />

    Warning: Attempt to read property "post_title" on null in /home/niroopan/domains/niroopan.com/public_html/wp-content/themes/entersoft_news/single-page/writer.php on line 18

    अल्छीलाग्दो एक अपराह्न । पसलमा बसेको छु, साथमा डेनिस एक चित्रकार छ । ऊ झन्डै वर्ष दिनलेखि काठमार्डौँमा रुमल्लिरहेछ । यहाँको साहित्यिक तथा सांस्कृतिक वातावरणमा अलमलिएर । गरिब छ यस कारण चित्रकारिता अपनाएको छ, अथवा भनौँ चित्रकार भएकोले नै गरिब छ ।

    यस्तैमा आउँछिन् सुकन्या, यो उपन्यासकी लेखिकाकी बहिनी । एउटा चिट्ठी छ, र एउटा पाण्डुलिपि ।

    पढ्छु —

    “पुलतीसडक
    पौष २५, २०२२

    शङ्करदाइ,
    दुःख दियो नभन्नुहोला । एउटा उपन्यास लेखेकी छु र यसको भूमिका किन–किन तपाइर्एंबाट नै बाँधिनुपर्छ भन्ने अठोट लागिसकेको छ मलाई । छाप्ने प्रयत्नमा छु । कृपया निराश नफर्काउनुहाला ।

    तपाईंकी
    पारिजात”

    सम्पूर्ण चिट्ठीमा मलाई आकर्षित गरे दुई शब्दले “किन–किन” र “अठोट” ले ।

    पारिजातलाई म प्रेम गर्छु । कसो–कसो एउटी बहिनीभन्दा बढी नै शायद प्रमिका जत्ति नै, जोसँग आत्मीय संसर्ग होओस्, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस् । र यौनलाई नअँगालेर यदि प्रेमको यचनबकm (चरमसीमा) को कल्पना सम्भव छ भने, मैले उसलाई गरेको प्रेमको परिभाषा यही मात्र हुन सक्ला ।

    अहँ, म मान्दिनँ !

    यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयं दिएको परिभाषा खिइसकेका उपमाहरूमा आधारित छ । म एकदमै नयाँ उपमा दिन्छु । भन्छु — मास्सिन लागेको आफ्नो कउभअष्भक को अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो । त्योसँग यति अफन्ती सम्बन्ध छ कि न त प्रजनन नै सम्भव छ, न त पर्याप्ति नै । एक मनले चाहन्छ यही मेरो स्पप्नको साकार रूप र अर्को मनले भन्छ यही नै हो पूर्णविराम । … र “शिरीषको फूल” को कथा…पख एक छिनपछि भन्छु ! हतार के छ?

    पारिजात आई पनि मेरो जीवनमा अनौठोसँग । लाइबे्ररियन भएको मेरो अवतारमा ऊ आफ्ना साथी–सङ्गाती लिएर उपस्थित भई । र भनी, “नेपालका लेखकहरूलाई, निश्चय पनि सबैलाई चिन्नुभएको छ । हामीलाई एक पटक शङ्कर लामिछानेसँग परिचय गराइदिनुहोस्!” मैले भनठानेँ यो मेरो जीवनको ठूलो ठट्टा हो तर ठट्टा होइन रहेछ, उनीहरूले साँच्ची नै लामिछानेलाई चिन्न खोजेका रहेछन् । म तीनछक परेँ । त्यस बेला पारिजात — पारिजात भइसकेकी थिइन । ऊ विष्णु वाइवा थिई ।

    अनि ऊ पारिजान भई । यस “हुनु” मा अनेक मानसिक, शारीरिक र रोमान्टिक (जसको मलाई पटक्कै ज्ञान छैन!) घटना भए, उसको जीवनमा । ऊ कवि बनी, प्रतिष्ठा कमाई, ऊ रोगी भई, अस्पताल भर्ना भई । (ऊ निराश बनी प्रममा? — त्यो म जान्दिनँ!)

    मेरो जीवनमा पनि हेरफेर अचए । म लेखकबाट जागिरे, जागिरेबाट साहित्यक, साहित्यकबाट साहित्य–प्रेमी र साहित्य–प्रेमीबाट व्यापारी बन्न पुगेँ । यत्ति हो — पैसा भएको बेला, नेपाली साहित्यको प्रगति र ह्रास बुझ्न म पत्रिका खूब किन्थेँ र गतिको बोध सकभर राख्ने प्रयास गर्थेँ ।

    डेनिस चित्रकारले सोध्यो, “यो त पाण्डुलिपिजस्तो छ नि ?”

    मैले भनेँ, “हो! यो पाण्डुलिपि हो ।”
    “अहिले आउनेले लेखेको ?”
    “होइन, उसकी दिदीले ।”
    “यो के, कथा?”
    “होइन, उपन्यास ।”
    “छोटो देखिन्छ नि ?”
    “छाप्दा झण्डै ८०–९० पेज हुन जान्छ कि ?”
    “के उनी राम्रो लेखिका हुन् ?”

    (अङ्ग्रेजीमा उसको प्रश्न थियो — Is she a beautiful writer? विशेषणको प्रयोग कुन अर्थमा भएको हो भनी बुझ्न मैले उसको अनुहार हेरेँ । उसको अनुहार प्रश्नचिह्नको प्रतीक थियो !)
    यहाँनिर, झ्वाट्ट बेल्न म असमर्थ भएँ । गुेनँ, उसको प्रश्नमा कुनै व्यङ्ग्य मैले पाइनँ । भनेँ, “हो, उनी मेरो युगकी अन्तिम लेखिका हुन् ।”

    “अर्थात्…?”

    “तिमीले यहाँ केही काल राम्ररी बिताएका छौ भने र यहाँको वातावरण बुझ्न सकेका रहेछौ भने, तिमी युग छुट्याउन सक्छौ ।”
    “त्यो त म सक्छु ।”
    “उनी मेरो युगकी अन्तिम लेखिका र प्रथम कवयित्री हुन् ।”
    “उनको चर्चा मैले कहिल्यै सुनिनँ ।”
    “मैले पनि त कहिल्यै सुनिनँ । नेपाली चर्चा गर्दैनन्, कटुता मात्र पोख्छन् ।”
    “हो, त्यो त मलाई पनि राम्रो थाहा भइसक्यो । ‘बार’हरूमा यही त हुन्छ र साँच्चै भनूँ भने, शङ्कर म नेपालका साहित्यकारहरू लेखेर निराश भइसकेँ ।”
    मैले व्यापारी मुस्कान प्रसारित गरिदिएँ । के भन्न सक्छु र…?

    …शायद मैले लेखिरहेको यो कुरा भूमिका भएन ! असलमा, म भूमिका लेख्नै जान्दिनँ । मेरो कुनै किताब अझ छापिएको छैन, तसर्थ भूमिकाको समस्या अझै मेरोसामु परेको छैन ।

    र, मलाई लाग्दछ, मानिसले भूमिका कमै पढ्छन् । कमसेकम मैले आजसम्मन् पढेका किताबहरूमध्ये अन्दाजी सयकडा पच्चीसको मात्र भूमिका हेरेँ हुँला — पढेको म भन्दिनँ…!

    …त, पाण्डुलिपि मेरो हातमा प¥यो । र साथै एक उत्साह पनि । एउटा औपन्यासिक कौमार्य समर्पण गरिएको छ मलाई !

    किताबको नाम छ ‘शिरीषको फूल’ । र मचाहिँ शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरो आँखामा जकराण्ड आइरह्यो — पछि थाहा पाएँ अङ्ग्रेजीमा उसलाई Mimosa Sirisa भन्दा रहेछन् । यी फूल पत्याइनसक्नु किसिमले राम्ररी फुल्छन् रे !

    र किताब पनि पत्याइनसक्नु किसिमले राम्रो छ । लेखिकाले मलाई अनुमति दिन्छिन् भने म यसलाई उपन्यास नभनेर काव्यन्यास भन्छु । यत्ति हो, यसमा कतैकतै गद्य छिर्न पुगको छ— बस ।

    पारिजात कविको रूपमा (अँ, कवियित्री मैले जानीजानी भनिनँ ! यो के वाहियात कुरा…सृष्टिकारको पनि लिङ्ग हुन्छ र? लिङ्ग हुने त निर्माता मात्र!)

    …अँ, भन्दैथिएँ पारिजात कवितको रूपमा आइन् हाम्रो समक्ष । उनका सृजना बराबर आँखाअघि आउँथे— गद्य पनि पद्य पनि । गद्यहरूमा कैयन् मन पराइनँ कसो–कसो ! सायद आत्मीयताले होला, सायद कोमल पारिजातबाट सुकुमारीपन नै चाहेर होला ! तर ‘शिरीषको फूल’बाट म तीनछक परेँ ! (पारिजातैद्वारा जीवनमा दोस्रो पटक!)
    १. स्वास्नीमान्छे भएर, कुमारी भएर, ४५–४६ वर्षको अधबैँसे भूतपूर्व सैनिकको चित्रण उसले कसरी गर्न सकी, खास गरी त्यसको यौनजीवन र अन्तद्र्वन्द्व ! उपन्यासका प्रत्येक शब्द पढुन्जेल यस भावनाले मलाई अँगालिरह्यो ।

    २. भाषा बहाव र छनौट! भन्ने कुरा उसले पहिले नै भनिसकेको हुन्छ, तर हामी बहावमा चिप्लिन्छौँ, र जब छनौटमा पर्छौं अनि लाग्छ, मलाई धुकधुकी भएको एक उदाहरण दिन्छु म ।

    सुयोगवीर भन्छ, “भँवरा बस्नै नपाएपछि यो फूलको के अर्थ?”

    सकमबरी भन्छे, “फूल बिग्रिँदैन, सुरक्षा पाउँछ ।”

    …यसपालि कथामा, कान्छी बहिनी पोइल जान्छे । मेरो मनमा सबभन्दा ठूलो इच्छा छ सकमबरीको प्रतिक्रिया बुझ्ने । अन्तिम लाइनमा पुगेर म अड्छु र मनमा गुम्न थाल्छु के भन्ली सकमबरीले भनी ! भनिएको कुराले चाहेकै रूपमा छरितोपन बोक्यो— मात्तिएकी ठिटी, कत्रो हतार प¥यो बिहे गर्नलाई… । यस एक वाक्यले सकमबरीको सम्पूर्ण चरित्र चित्रण गर्न सक्छ । असलमा गौण रूपमा देखापरेकी छ सकमबरी यस उपन्यासमा । तर पनि यस उपन्यासको मुख्य नायिका उही छ—कमसेकम नामको सार्थकताका दृष्टिले । ‘कुमारसंभावम्’ मा शिरीषको फूलको वर्णन गर्दा कालिदास भन्दछन्, “पदं सहेत भ्रमरस्य पेलवं शिरीषपुष्पं न पुनः पतत्रिणः” (४.५)। कथाको सार पनि यही । तर पढसकेर मात्र सार बुझिन्छ, चाहे कुमारसंभवम् ७०० वर्षअगाडि नै किन नलेखियो होस्, शिरीषको फूलले आफ्नो धर्म छाडेको छैन—कालिदासका लागि पनि पारिजातका लागि पनि !

    ३. यस सानो क्यानभासमा सारै कम स्ट्रोक्सहरूमा जसरी पारिजातले चित्र बनाएकी छ त्यो सारै ईखलाग्दो भएको छ । मैले यस्तै अचम्भित पार्ने एक जापानी उपन्यास पढेको थिएँ— ओसामू दजाइको ‘द सेटिङ्ग सन’ । त्यो यति राम्रो लागेको थियो, उल्था गर्ने विचार गरेको थिएँ र सोचेको थिएँ त्यसलले नेपाली साहित्यलाई केही उपलब्धी हुनेछ । अब त्यसको आवश्यकता रहेन ।

    ‘शिरीषको फूल’ ले हामीलाई विश्व–साहित्यको उपन्यासका क्यालेण्डरमा १९६६ मा प¥याएको छ । उन्नाइसौँ शताब्दीको ‘रूपमती’ बाट बीसौँ शताब्दीको प्रथम युद्धकालमा ‘मुलुकबाहिर’ले हामीलाई लग्यो, अनि द्वितीय विश्वयुद्धोत्तर कालमा पु¥याइन् ‘अनुराधा’ ले । ‘शिरीषको फूल’ निश्चय पनि यही वसन्तमा फुलेको छ । मलाई खुसी छ अब हामी निर्धक्क अन्य भाषामा आफ्नो कृति उल्था गरेर हँसीका पात्र बन्ने छैनौँ ।

    पाण्डुलिपि फूलस्केप साइजमा टाइप गरो अक्षरमा सवा चवालीस पेजको छ । दैव जान्दछ छापिँदा यो कत्ति पेजको हुने हो, तर सवा चवालीस पेजले मलाइै चौरासी लाख जुनीको कष्ट दियो । प्रत्येक वाक्य पढ्नुअघि र पढिसकेपछि म दुई पटक हुरुक्क हुन्थेँ । ‘अब के भनिने हो’ भन्ने भावना अघिल्लो वाक्यको खुमारीमै जन्मी आउँथ्यो । आह, अघिल्लो दिनको जबलनयखभच मा बे्रकफास्टअघि नै ब्रेन्डी खाएझँै प्रत्येक पेज पल्टाउँदा एक पीडा हुन्थ्यो—अज्ञात अवश्यम्भावी अन्त्यतिर म लम्कँदैछु भन्ने । मलाई पारिजातसँग रिस पनि उठ्यो । उपन्यास नै लेख्नु थियो भने कि उसले चार सय चवालीस पेजको लेखिन! मेरो पीडा एक आनन्दमय परिपूर्णतातिर बहेको र मैले स्वयं चाहिँ एक वेदना बोकेको अनुभव गरेँ । असलमा पारिजातले मलाई एक अनौठो अनुभूति दिई । यो लेखिरहँदा म स्वयंलाई एक पूर्ण यौवना नारी अनुभव गर्दैछु । यस्ती पूर्ण यौवना नारी, जसले भरखरै प्रथम पटक पुरुषको संसर्ग गरेकी छ र अब जो कुमारी रहिन । अप्राप्तिको पीडा त मेटियो, तर प्राप्तिको आनन्द पनि कम कष्टपूर्ण छैन । र, अब, इतिहास, त्यही छैन, जो अघिसम्मन् थियो ।

    अघिसम्मन्, मैले सोचेको थिएँ, म अत्याधुनिक शैलीमा यस्तो एक उपन्यास (भनौँ काव्यन्यास नै?) लेख्नेछु जसबाट म स्वयं त अमर हुन्छु नै मेरो उपन्यासले अरुको समेत आँखा उघारिदिनेछ । पारिजातले त्यही गरी, म स्वयं पारिजात भउको अनुभव गर्दैछु । अब, उसलाई उछिन्न कि मैले बढी मेहेनत गर्नुप¥यो कि त्यो विचार नै चटक्क छाड्नुप¥यो ।

    के हुने हो, त्यो भविष्यले नै भन्ने छ ।

    वर्तमान त पारिजातको हो !

    वर्तमान त पारिजातको हो, तर पारिजात त वर्तमानलाई पनि सुयोगवीरको मुखबाट यसरी परिभाषित गर्न लागउँछे— “मेरी सकमबरी, अब मलाई शरीरभरि खोपेर हिँड्न मन लागेको छ, जीवन असफलता हो, यो जीवन दुर्भाग्य हो, मानिस यसै पनि दुःखी छ, यसै पनि दुःखी छ ।”

    असफलताको दर्शन सफलतासाथ देखाएकोले भविष्य पनि पारिजातको हो ।

    तर, पारिजात त भविष्यको परिभाषा पनि यसरी दिन्छे— “यो दुःखद जीवनको अन्त्य मुत्यु हो र त्यसपछि हाम्रा भावनाहरूको कुनै पनि अस्तित्व छैन । हामी एकअर्कामा स्पष्ट हुन सकेनौँ र कहिल्यै सक्दैनौँ पनि । यो जीवनपछि एउटा महाशून्य छm अब केही पनि चिताउन्नँ, सब निरर्थक छ । तिमी एउटा अन्धकारमा निसास्सिएर म¥यौ र कुनै दिन म पनि मछु, यही हो तिम्रो र मेरो जीवनको मूल्य ।”

    मलाई लाग्दछ, पारिजातले शिरीषको फूल पनि आसन बाँधेर शून्यबोध गरेकी छ । उसले बुझेकी छ— ज्ञान उपलब्धिको पथमा मानवमस्तिष्क कहिल्यै पनि थकाइ मार्दैन । स्थिरता अपनाउनुको अर्थ हो— निष्क्रियपन, विनाश र मृत्यु । हाम्रो सम्पूर्ण चेतनाको यही त धर्म हो । यो नियम हो त्यस आत्माको जसबाट जीवन र चेतनाको प्रासरित हुन्छन् रे ।

    गणित–दर्शनमा जस्तो प्रत्येक आयामले आफूभन्दा उच्चतर एक अर्को आयामको अपेक्षा गर्छ नै, हुँदाहुँदा एक अनन्त आयामको क्रमबद्धता अवश्य पनि होला भन्ने निष्कर्ष हामीले अन्त्यमा अपनाउन बाध्यै हुनुपर्छ, यसै गरी हाम्रा भावनात्मक क्षितिजका प्रत्येक नवीन विस्तारले एक नयाँ अचिन्तित आयाम इङ्गित गर्दछन् ।

    प्रत्येक अनुभूतिले स्वर्यभन्दा पर एक अन्य बाह्य रूलाई औँल्याउँछ । यसै कारण, यसलाई स्वतः स्वयंमा व्याख्या गर्न सकिन्न, न त यस अनुभूतिलाई अन्य आधारद्वारा अनुप्रेरित एक स्वचालित उद्वेग नै भन्न सकिन्छ । र शून्यताको दर्शन यी नै तथ्यमा आधारित छ । शून्यता जो सबै सङ्कल्पभन्दा पर छ, र छ एक अनन्त, अनादि अनुभूतिको अभिन्न अङ्ग । र यो, ‘अतिसापेक्षितता’ सहज र प्राणवान् विश्वको योगजन्य तत्व पनि समाहित रहेको हुन्छ, किन भने अपरिचित यी सम्बन्ध नै पूर्ण सम्बन्ध (आत्मसातता) मा परिणत भएर एक आध्यात्मिक भव्यतामा परिपूर्ण हुन जान्छ । यो यस्तो परिपूर्णता हो जसलाई न त ‘जीव’ न त ‘निर्जीव’ न त ‘वेग’ न र ‘स्थिरता’ नै भन्न सकिन्छ । यस अवस्थामा पुगेपछि हामी पुग्छौँ दर्शनको सिमानामा, सोचनीय र विचारणीय वस्तुको अन्तिम छेउमा ।

    गति झैँ जो आफ्नो चरम उत्कर्षमा आफ्ना वेगको अति–सीमामा, एक पूर्ण विश्राम र स्थितिबाट पृथक गर्न सकिँदैन; यसरी नै विश्वव्यापी सम्बनधका उच्चतम अर्थमा, सापेक्षिततालाई आनन्दबाट पृथक् गर्न सकिँदैन

    ‘चिरस्थायीलाई अस्थायीमा मात्र उद्धृत गर्न सकन्छि; सदा परिवर्तनीयलाई स्थायित्वमा मात्र, सम्पूर्णतामा मात्र, तत्कालमा मात्र । (नोवालिस)

    यिनै कारणले गर्दा शून्यता र तथ्यता स्वभावजन्य रूपले एकनास छन् । शून्यताले यथार्थको निर्गुण रूप लिएको छ भने तथ्यताले सगुणको । अघिल्लोको बोधबाट अनित्यताको, क्षणिकताको, सामयिकताको, अनुभव सापेक्ष— रूपमा हुन्छ भने, पछिल्लो अनुभूति असामयिकता, पूर्णता, सम्पूर्णता र नित्यबाट हुन्छ । यहाँनिर एउटा कुरा भनिदिइहालूँ — सापेक्षितताको गुणले गर्दा शून्यताले स्वयंलाई स्खलित गर्छ भन्ने यसबाट लिनु हुँदैन, न त तथ्यताले नै नित्यताप्रति स्वयंलाई अनुकूलित पा¥यो भन्ने ।

    यसैको सन्दर्भमा डी.टी. सुजुकीको एक कथनको सम्झना हुन आउँछ मलाई । सर्वथा तार्किक–स्तरमा गरिएको शून्यताप्रतिको आधुनिक सापेक्षितताको आधारलाई उनले बौद्धिक खोक्रोपन भनी अवहेलित गरेका छन् । उनको भनाइ छ— “शून्यता भनेको अन्तज्र्ञानबाट जन्मिने वस्तु हो, तर्कको प्रक्रियाबाट होइन । शून्यताको बोध अनुभूतिबाट उम्री आउँछ, र त्यस बोधलाई तार्किक शिलान्यास गर्नका लागि नै सापेक्षितताको भूमि अपनाइन्छ । तर, तर्कका लागि तर्क नै गर्ने हो भने, सापेक्षता र शून्यताबीच ठूलो अन्तर छ । सापेक्षताको माध्यम अपनाएर हामी त्यो खाडल फड्किन सक्तैनौ; सापेक्षताको आड लिइरहुन्जेल हामी एक घेरामा हुन्छौँ; र वृत्तमा छौँ भन्ने र त्यसबाट उम्किने चाहना हुनुको अर्थले नै स्वतः स्पष्ट गर्छ, यो लक्षण हो एक पटक, क्षणका लागि, उम्किसकेको र बाहिरबाट रूपको निरीक्षण गरिसकेको छ ।”

    हाम्रो बौद्धिक स्तरीय चेतना एवं स्वभावजन्य अतिव्यक्तिगत गहन–चेतनाबीच मुख आँ गरिरहेको यस खाडललाई फड्किने साधनका रूपमा हाम्रा धर्ममा अभिव्यक्त भएका छन् रक्तावत्त अनेक देवदेवीहरूका मदोन्मत्त तृन्य–मुद्राहरू ! वज्रयान सम्प्रदायका डाकिनीहरूको प्रराणात्मक प्रवृत्तिले हामीलाई अरक्षित पारिदिन्छ एक झीनो स्वप्नमयी व्यक्तित्वबाट— (सुयोगवीरलाई सकमबरीले यही त अनुभूति दिई!) — र हामीले त्यो झीनो आवरण नआफलुन्जेल, र सोऽहंका भावनालाई चरमोत्कर्षी आवेगमा नहुत्याउन्जेल हामी पूर्णताको बोध गर्न असमर्थ हुन्छौँ । (आह! सुयोगवीरको चुम्बन कसरी प्रस्ट हुन जान्छ, अब!) चरमोत्कर्षी यही आवेगद्वारा नै सारा बन्धन, सारा सांसारिक अनुबन्ध, सारा पूर्वधारणाहरू र सारा मरीचिकाहरू ध्वुंस हुन्छन्; र सम्बन्धको त्यान्द्रो च्वाट्टै चुँडिन्छ, विगत–आगत सबै निभाइन्छ, कर्म–शक्ति ह«ास हून्छ, र महाशून्यताको त्यो अनुभूति एक आदि अनन्त निरन्तर प्रवाहमान यथार्थ र तत्थयको रूपमा हुन्छ । ‘परिमोक्ष’ का लागि जुन शक्ति तथा आक्रोशमय आवेगको आवश्यकता हुन्छ, त्यसलाई वज्रयान तन्त्रवादीहरूले एक अति–मानव, अनेक याआममा अनेक शिर तथा बाहु भएको अमानवीय, सर्वद्रष्टा, सबै दिशामा एकसाथ पुग्न सक्ने, त्रिकाललाई कालहीन वर्तमानमा परिणत गर्न सक्ने एक देवीको रूपमा चित्रित गरेका छन् । (‘शिरीषको फूल’ की नायिका सकमबरीको यही रूपको दर्शन पाउँछ सुयोगवीर! र, उसका भावनात्मक अनुभूति शून्यवादका यिनै माथि भनिएका धारणाहरू अँगालेर चित्रित गरिएको लाग्दछ मलाई!)

    मैले अघि कतै भनेको थिएँ— “ज्ञान उपलब्धिको पथमा मानवमस्तिष्क कहिल्यै पनि विश्राम गर्दैन । स्थिरता अपनाउनुको अर्थ हो—निष्क्रियपन, विनाश र मुत्यु ।” शिवराजका चरित्रचित्रणद्वारा पारिजात यही भन्छे । बहिनीको मृत्युको आशङ्कामा शिवराज आत्महत्यासम्म गर्ने कुरा गर्छ, तर साँच्चै नै बहिनी मरेपछि, ऊ अलि बढी खाएरस जीवन गुज्रान नै गरिरहन्छ ।

    शिवराजको यही साधारणपनाको पृष्ठभूमिमा अन्य चित्र प्रष्ट हुन्छन् । एक किसिमले शिवराजलाई हामी ‘शिरीषको फूल’ को क्यानभास भन्न सक्छौँ । शिवराज आरम्भमा पनि हुन्छ र अन्त्यमा पनि, तर आँखाहरू दौडिरहन्छन् रङ्ग र रेखाहरूमै तथा चित्र अरुहरूको अनुहारबाटै परिपूर्ण हुन्छ । र, यदि पेन्टिङ हेर्दा, क्यानभासलाई सम्झन सकिन्छ र यद माया गर्न सकिन्छ भने, शिवराज निश्चय पनि मायाको पात्र हो । (यो मेरो कस्तो कमजोरी ! एउटा कलाकृति बुझाउन मैले अर्को कलाको माध्यमको सहारा लिनुपर्ने ! मैले यसलाई यसो भने हुन्न?— वज्रयान सम्प्रायककै तान्त्रिक–शब्द लिएर— शविराज ‘मूलधार’ हो ।)

    अनि सकमबरीको रङ्गलाई गाढा बनाउन दुई विभिन्न अमिल्दा रङ्गहरू टिपेकी छ पारिजातले, मजुरामा र सानुमा । सानुको चर्चा उपन्यासमा दुई–तीन पाटक मात्र आउँछ, तर त्यसले आफ्नो कर्तव्य पूरा गरेकी छ र मजुरालाई अलि बढी प्रयोग गरिए पनि उसले सकमबरीको रूपरेखालाई तिख्खरपन मात्र दिएकी हो ।

    अब रह्यो उपन्यासको नायक, सुयोगवीर । सारा कथानक उसैको परिपरि केन्द्रित छन् । तथापि सुयोगवीर के हो भन्ने कुरा अरु सबैको चरित्रचित्रण गरिसकेपछि लडाइँका यामको फ्लाशब्याकमा, पारिजात अन्त्यमा गर्छे । यसबाट हाम्रो उत्सुकता चरम सीमामा पुगिसकेको हुन्छ । एउटै फ्लाशब्याकमा सुयोगवीर प्रस्ट हुन आउँछ— मानौँ एउटै स्ट्रोकमा कसैको अनुहार उतारियोस् । तर, पारिजात यहाँ चार फ्लाशब्याक दिन्छे— मलाई लाग्दछ शायद आवश्यकताभन्दा बढी नै! सुयोगवीरका आँखाले हामीले विश्वलाई यत्ति राम्ररी निहारिसकेका हुन्छौँ त्यस बेलासम्मन् बस एउटा हाते ऐनाको मात्र आवश्यकता थियो उसको अनुहार हर्न । त्यसबेला ऊ प्रस्तुत गरिदिन्छे तीनखण्डे ऐना भएको ड्रेसिङ टेबल । यो अनावश्यक गिहगचथ का रूपमा मुटुमा घोचिन्छ ।

    र, सम्पूर्ण उपन्यासकको पेन्टिङलाई फ्रेम गर्न पारिजातले छानेको छ साहुनीको प्रमलीलालाई असलमा पेन्टिङ फ्रेमबिना पनि पूर्ण हुन्छ, तथापि एउटा साधनामात्र बनेकी छ । यसै सन्दर्भमा, सकमबरीको मृत्यु प्रत्यक्ष रूपमा वर्णन नगरी, एउटा कहिल्यै देखा नपरेकी बाहुनीको मुखबाट सुनाइदिएको पनि मीठो हुन आएको छ । प्रतीक रूपमा यो बढी सफल भएको छ ।

    उपन्यासमा केही त्रुटि नहुनु अस्वभाविक हुन्थयो होला कारण आखिर त्यो जीवनको प्रतिबिम्बै न हो ! जे होस्, उपन्यासको असफलता कोट्याउनुपर्नेछ र सफलताले स्वयं आफूलाई तर्साएका छन् ।

    उपन्यास पढिसकेपछि मैले आँखा चिम्ले, तर त्यसका माध्यमद्वारा पारिजातलाई नयाँ पर्सपेक्टिभमा हेर्ने प्रयास गरें । पाएँ, यो उसको प्रथम प्रयास हो । र, यसको माध्यमद्वारा ऊ समाजमा कत्ति अवतरित भई, हँ ? म ठान्दछु, शून्यवाद दर्शनको गम्भीर र गहन सिद्धान्त यत्ति सहज, सुन्दर र सुकिलो रुपमा, उपन्यासको रुपमा ब्यक्त गरिएको मैले आजसम्म् थाहा पाएको छैन यस २००० वर्षको जीवनमा । त्यसैले, त्रिकाललाई कालहीन वर्तमानमा परिणत गर्न सक्ने क्षमता पारिजातमा देखेर नै, अघि कतै मैले भनेको थिएँ –‘ वर्तमान त पारिजातको हो । ’

    अँ, पारिजात शून्यवादी निश्चिय पनि हो र हो एक बोध पाईसकेकी शून्यावादी– तर, पारिजात निराशावादी होइन । सतहमा जस्तै झझल्के पनि उसलाई हामले चिन्न नसक्नु हाम्रो सव्यंको कमजोरी मात्र ठहरिनेछ । पख – यसलाई म एक उदाहरणद्वारा प्रष्ट गर्छु ।

    उपन्यासको अन्त्यतिर सुयोगवीर सकमबरीको मृत्यु सुनेर फर्किन्छ । पढ्दा मलाई लागेको थियो, यही नै उपन्यासको सुन्दर अन्त्य हो । यो पङ्क्ति – तर म छिटो–छिटो हिँडिरहें । ’यहाँनिर पुग्दा, र उपन्यास अझै पङ्क्तिहरू रहेको देख्न मलाई लागेथ्यो पारिजात पनि लेखकीय रोग दोहो¥याउन चाहने, व्याख्या गर्न खोज्ने प्रवृत्तिको शिकार भइछ ।

    तर होइन रहेछ । जसरी अनेकरुपी तत्वसँग साक्षात्कार गरिसकेपछि त्यसको परिपूर्णता स्वयं आफैँमा सन्निहित भएको अनुभव गुर्न नै बुद्धत्व प्राप्ती हो, जसरी विलयनको अनुभव आफैँभित्र, याहाँ नै र अहिले नै हुन्छ, उसैगरी सुयोगवीरले गिलासभित्र दुईटा गहिरा आँखा र एक मुडुलो टाउको, देख्नै पर्दछ । उसका औंलाहरू निकोटिनले पहेलिएका हुनै पर्दछन् र ती सधैँ उसले हेरिरहनै पर्दछ र सन्तुष्ट भइरहनु नै पर्दछ । र एउटा निस्सार संसारभित्र। एउटा महाशून्यभित्र, ‘बााँचेको’ अनुभव उसले गर्नै पर्दछ ।

    निस्सार संसारभित्र, एउटा महाशून्यभित्र ‘बाँचेको’ अनुभव गर्नेहरू कत्ति छन् हँ, यहाँ ? र जति छन् ती आशा नरिाशाबाट पर छन् । र जति छन् तिनको अभिव्यक्ति यसरी गरे हुन्छ –

    ‘चिताको अग्निका लागि ब्रह्म, राखिनँ दाउरा केही,

    मभित्र स्वयं जल्दैछ, हुरुरु बालेको ज्योति,

    अग्नि छ सदा प्रज्वलित छ आत्मा मेरो

    र मनस नै त हो चिता,

    र अग्नि, त्यो अग्नि हो आत्मा अंकुशित मेरो ।’

    (संयुक्त निकाय)

    मलाई तिमीसंग सोध्न मन लागेको छ एउटा कुरा, पारिजात ! के शिरीषको फूल पनि द सेटिङ्ग सन जस्तै हाम्रो शब्दकोशमा एक विशेषण बन्न जाने कुरा तिमीलाई थहा छ ? तर म जान्दछु, तिमी आफ्ना आँखामाा हाँसो सोहरेर मौन बस्नेछयौ । म जान्दछु, तिमीले उत्तर दिइसकेकी छ्यौ उपन्यासका पङ्क्तिहरूमाझ । म स्वयं पनि जान्दछु, मैले उत्तर पाइसकेको छु यिनै पङ्त्तिहरूमाझ । तापनि, पारिजात ! तिमीलाई सोध्न मन लाग्यो रे मलाई ! केसैको केही लाग्छ ?

    ०००

    आज मेरो आमाको श्राद्धको दिन । घरमा पुरेतले श्राद्ध गर्दै होलान् । म चाहिं यहाँ टुरिस्ट पर्खेर एक मनले, र एक मनले आत्मविभोर भई यो भूमिका लेख्दै छु । मेरो कथनमा कत्रो नास्तिकता झल्कँदै छ । तर नेपाल अधिराज्यमा यस वर्तमान क्षणका लागि म जस्तो धर्मात्मा कोही व्यक्ति छैन होला – कारण, म र मेरी एउटी बहिनी मिलेर आमालाई शिरिषको फूल भेटी चढाउँदै छौं । यसभन्दा बढी के हुन सक्छ, एक सुपुत्र र सुपुत्रीका लागि ?

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *