तेजपुर, २२ असाेज नेपाली साहित्यिक संस्था ‘नेपाली कलासाहित्य डट कम प्रतिष्ठान’ तथा भारतकाे ‘पूर्वाेत्तर हिन्दी साहित्य अकादमी’ बीच साहित्यिक सहकार्यकाे सम्झाैता भएकाे छ । गत ३ अक्टुबरका दिन भारतीय प्रान्त असमकाे तेजपुरस्थित गाेर्खा भवनमा भएकाे एक विशेष कार्यक्रममा यस आशयकाे सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानका अध्यक्ष माेमिला जाेशी तथा पूर्वाेत्तर हिन्दी साहित्य अकादमीका अध्यक्ष रीता सिंहद्वारा हस्ताक्षरित उक्त सम्झाैताअनुसार प्रतिष्ठानले पूर्वाेत्तर भारतका ५० प्रतिनिधि हिन्दी कवितालाई नेपालीमा अनुवाद गरी नेपालमा प्रकाशित तथा वितरण गर्ने छ । यसै गरी अकादमीले ५० प्रतिनिधि नेपाली कवितालाई हिन्दी भाषामा रूपान्तरित गरी भारतमा प्रकाशन तथा वितरण गर्ने छ । कविता सम्बन्धी याे पहिलाे सहकार्य सम्पन्न भएपछि अन्य विधामा पनि समान प्रकृतिका सहकार्य गर्दै लाने पनि सम्झाैतामा उल्लेख छ । सम्झाैता समाराेहमा प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्की, विशिष्ट सदस्य डा. हरिप्रसाद पाेखरेल ‘मानसाग्नि’ तथा महेश पाैड्यालकाे उपस्थिति थियाे भने अकादमीका कल्पना आत्रेय, डा. गाेमादेवी शर्मा तथा कमल सेडाईं लगायतकाे उपस्थिति थियाे । कार्यक्रममा कविहरूले आफ्ना रचनाकाे पाठ पनि गरेका थिए । यसै कार्यक्रममा डा. गाेमा देवी शर्मा र डा. सीताराम अधिकारीद्वारा सम्पादित पूर्वाेत्तर भारतका विभिन्न प्रान्तहरूका लाेककथाहरूकाे सङ्कलन “ईशान आलाेक” पनि सार्वजनिक गरिएकाे थियाे ।
यसअघि पूर्वाेत्तर भारतकाे भ्रमणमा रहेकाे नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकाे प्रतिनिधि मण्डलले वरिष्ठ साहित्यकार पद्मश्री लीलबहादुर क्षत्रीलाई गुवाहाटीस्थित उहाँकै निवासमा पुगी कलासाहित्य यात्रा सम्मन २०८१ समर्पण गरेकाे थियाे । २ अक्टुबरका दिन गान्धी जयन्तीकाे अवसर पारेर इन्द्रेणी प्रकाशनले तुेजपुरमा आयाेजना गरेकाे विशेष कवि गाेष्ठी तथा कृति लाेकार्पण कार्यक्रममा पनि नेपाली प्रतिनिधिहरूले रचना पाठ गरेका थिए । असमतर्फबाट भने प्रकाशनका प्रमुख रुद्र बराल, समालाेचक ज्ञानबहादुर क्षत्री, अविकेशर शर्मा, प्रा. डा. खगेन शर्मा, डा. गाेमादेवी शर्मा आदिले विशेष मन्तव्य राखेका थिए भने कविहरू डा. देवेन सापकाेटा, पुरुषाेत्तम उपाध्याय दाहाल, लक्ष्मण प्रधान, मित्रदेव शर्मा, डा. दैबकी तिम्सिना, नमिता शर्मा, पवन शर्मा आदिले रचना पाठ गरेका थिए । कार्यक्रममा लक्ष्मण प्रधानकाे कविता सङ्ग्रह ‘एकैछिन पर्ख त जुनेली’, अविकेशर शर्माकाे समालाेचना ग्रन्थ ‘प्रगतिवाद: कला र साहित्य’ तथा अविकेशर शर्मा, रुद्र बराल तथा भक्तप्रसाद गाैतमकाे ‘भारतेली नेपाली प्रगतिवादी साहित्य’ काे लाेकार्पण पनि गरिएकाे थियाे ।
पूर्वाेत्तर भारतकाे भ्रमण सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल गत साेमबार नेपाल फर्किएकाे छ ।
Leave a Reply