• २०८३ आश्विन १६
  • ‘मोती–लय’ को सम्पूर्ण तयारी पूरा


    निरूपण
    निरूपण

    प्रेस विज्ञप्ति
    मिति: २०८३\०६\१५
    ‘मोती–लय’ को सम्पूर्ण तयारी पूरा
    १६१औँ मोतीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले १६ असोजमा आयोजना गरेको ‘मोती–लय’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
    कार्यक्रम १६ असोज शुक्रबार दिउँसो २ः०० बजे प्रतिष्ठानको मुख्य प्रेक्षालयमा सम्पन्न हुनेछ । उक्त अवसरमा गजल गायन, ११ चित्रकारका मोतीराममाथिका प्रत्यक्ष चित्रकला, मोतीरामका गजल र जीवनीमा आधारित शिल्पी थिएटरका ८ जना कलाकारद्वारा अभिनय प्रस्तुत गरिनेछ । कार्यक्रममा वाचित गजलमाथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कलाकारहरूले ‘लाइभ पेन्टिङ’ गर्नेछन् ।
    यसरी नै कार्यक्रममा सातै प्रदेशका, २१ जिल्लाका २१ जना नयाँ पुस्ताका गजलकारले गजल वाचन गर्नेछन् भने अग्रज पुस्ताका ११ जना गजलकारले गजल प्रस्तुत गर्नेछन् ।
    आदिगजलकार मोतीराम भट्टको जन्मजयन्ती (कुशे औँसी)लाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय नेपाल प्रज्ञा–प्रतिष्ठानको गत साउन २८ को पहिलो बैठकले गरेको थियो । उक्त निर्णयअनुसार २६ भदौमा आयोजना गर्ने भनिएको ‘मोती–लय’ भोटेकोसी बाढीका कारण १६ असोजमा सरेको थियो ।
    १६ असोजको ‘मोती–लय’ मा उपस्थितिका लागि सबैमा सादर अनुरोध ।
    – दीपक सापकोटा
    कार्यक्रम संयोजक
    प्रमुख, काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग
    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *