पोखरा, साउन १२ । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तबाट पोखरामा लोकार्पण भयो ।
गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राख्दै कविले ढकाल आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत भएको धारणा राख्नुभयो । समालोचकहले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उहाँको विशेष जोड थियो ।
कृतिको समीक्षा गर्दै समीक्षक डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको विचार राख्नुभयो । उहाँले कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गरेको टिप्पणी गर्नुभयो !
कवि शिबु ढकालले मन्तव्य राख्दै आफूले देखेभोगेका कुरालाई कवितामा उतारेको धारणा राख्णुभयो ।
गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रतिष्छानका सचिव रुपिन्द्र प्रभावीले सञ्चालनमा गर्नुभएको थियो ! कार्यक्रममा मिलन तिमिल्सिनाले स्रष्टा परिचय र शिवलाल उपाध्यायले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कवितासङ्ग्रहमा ६१ ओटा कविता सङ्गृहीत छन् । यस सङ्ग्रहलाई पेज टर्नर प्रा.लि. ले प्रकाशन गरेको हो ।
Leave a Reply