- इलाम चैत ११ । कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृह लोकार्पण भएको छ । इलाम सदरमुकाम स्थित अरनिको संग्रहालयमा (पुरानो दरवार) आइतबार इलाम नगरका विशिष्ट नागरिक पुर्व क्याम्पस प्रमुख युद्ध प्रसाद वैद्यको प्रमुख आतिथ्यता र धर्म गौतमको अध्यक्षतामा लोकार्पण गरिएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा विद तथा लेखक केदार शर्मा, कवि तथा समिक्षक प्रकाश थाम्सुहाङले कृति माथी चर्चा गरे ।
थाम्सुहाङ्ले कवि विमल वैद्यले ४० बर्ष देखि निरन्तर सिर्जनामा लागिरहेकोले स्थापित सर्जक भएको बताउनु भयो । वैद्यका कृति नेपाली साहित्यको लागि गर्व गर्न लायक भएको बताउनु भयो ।
भाषा विद तथा लेखक केदार शर्माले कवि वैद्यले आफ्ना सिर्जनामा शब्दलाई नधुट्याइकन दिनुपर्ने कुरा दिने गरेकोले यस कृतिमा समेत अझ परिमार्जन भएको बताउनु भयो । लेखनमा वैचारिक अडान हुन आवश्यक रहेको समेत शर्माले बताउनु भयो ।
कार्यक्रममा प्राज्ञ कोमल निरौला, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस अघि वैद्यको कविताकृति काठमाडौमा गत पुस २८ गते सार्वजनिक गरिएको थियो ।पेज टर्नरले बजारमा ल्याएको ३४ कविता संग्रहित ‘युगको तटमा उभिएर’ कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ ।
- साहित्यमा शब्द, शैली र उनका स्वभावले वैद्यको चर्चा इलाममा मात्रै नभैइ देशभर र छिमेकी देश भारत दार्जिलिङ, सिक्किम, मिरिक लगायत नेपाली भाषी रहेका स्थानमा समेत छ ।करिब ४० बर्ष देखि इलाममा रहेर सिर्जनामा लागिरहेका उनी देश तथा सिमा पारीका विभिन्न साहित्यिक कार्यक्रममा ब्यस्त हुन्छ्न । मोफसलमा बसेर ख्याति कमाइरहेका वैद्यको यश अघि ‘आकास छुन खोज्ने मनहरू’, ‘समय र सपनाहरू’ “अक्षर सिम्फोनी” बजारमा आइसकेका छ्न । प्रष्ट बिचार भएका कवि वैद्यले तीन सय कविता लेखी सकेका छ्न । उनका कवितासंग्रह, संस्मरण र मुक्त लेखनले नेपाली साहित्यको भणडार वृद्धि भएको छ ।
Related
Leave a Reply