• २०८१ माघ १३
  • विमल वैद्यको नवीनतम् कृति ‘युगको तटमा उभिएर’ कवितासंग्रह विराटनगरमा विमर्श


    निरूपण
    निरूपण

    विराटनगर  कवि विमल वैद्यको नवीनतम् कृति ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि आज विराटनगरमा विमर्श गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि विमर्श गरिएको हो ।

    अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कवि मनु मञ्जिल, सीमा आभास र समीक्षक दिनेश श्रेष्ठले संग्रहका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा कवि मञ्जिलले कृति र लेखन माथि गहन बिचार राख्दै लेखकलाई युगको तटमा उभिएर बगिरहेको पानी हेर्दै के देखियो त भन्ने प्रश्न राख्नु भएको थियो। उहाँहरूले संग्रहले समसामयिक विषयलाई सशक्त रुपमा उठान गरेको बताउनुभयो । अर्का बक्ता सीमा आभासले बैद्यको पुस्तक माथि गहिरो समीक्षा राख्दै लेखकलाई आफ्नो जातिय संस्कृतिक र परम्पराहरू लाई बिम्ब बनाएर किन नलेखेको पनि जिज्ञासा राख्नु भएको थियो। यी दुवै प्रश्नको कवि बैद्यले सटिक जवाफ दिनु भएको थियो

    कार्यक्रममा कवि देवान किराँती, शुभलक्ष्मी लम्साल, टीका आत्रेय, मीनकुमार नवोदित, दीपक सम्चू र दीपा दाहालले संग्रहभित्रका कविता वाचन गर्नुभएको थियो । विमर्ष कार्यक्रममा कवि वैद्यले लेखकीय मन्तव्य व्यक्त गर्नुका साथै ३ वटा कविता सुनाउनु भएको थियो । मोरङ व्यापार संघको प्रेक्षालय आजको कार्यक्रममा खचाखच थिय‍‍ो भने सभाको सभापतित्व सेवा समाजका सचिव दिनेश श्रेष्ठको अध्यक्षतामा भएको थियोे भने कार्यक्रमलाई रोचक रूपमा कवि सविता गौतम दाहालले संचालन गर्नु भएको थियो ।

    पेज टर्नर प्रा.लि. काठमाडौंले प्रकाशन गरेको सो संग्रहभित्र ३८ वटा कविताहरू संग्रहित छन् ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *