• २०८१ जेष्ठ ७
  • वालिङमा कवि विमल वैद्यको `युगको तटमा उभिएर´माथि विमर्श


    निरूपण
    निरूपण

    वालिङ (स्याङ्जा) । कवि विमल वैद्यको कविता कृति `युगको तटमा उभिएर´माथि आज (शुक्रबार) वालिङमा विमर्श तथा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, २०७६, स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा कवि वैद्यको एकल कविता वाचन सम्पन्न भएको हो।

    मिर्दीको नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा कवि वैद्यको कविता कृतिमाथि युवा समीक्षक लक्ष्मण वियोगीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

    पहिलो चरणमा कवि वैद्यले युगको तटमा उभिएरबाट ५ वटा कविता वाचन गरेका थिए ।

    त्यसपछिको क्रममा कविहरू वसन्त खनाल, अनन्त अर्याल, बोधराज न्यौपाने, देशबन्धु आचार्य र शम्भु अर्यालले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।

    दोस्रो चरणमा कवि वैद्यले आफ्ना थप ५ वटा कविता वाचन गरेका थिए । त्यसपछिको क्रममा कविहरू कमल बगाले, सुवासचन्द्र नेपाली, नारायणप्रसाद रेग्मी, हरि पङ्गेनी, डा. अच्युतशरण अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, भीमप्रसाद पाण्डे र दमकुमारी बगालेले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।

    तेस्रो चरणमा कवि वैद्यले केही मुक्तकसहित आफ्ना २ वटा उत्कृष्ट सिर्जना सुनाएका थिए । अभियानका संस्थापक कवि मिलन समीरद्वारा संयोजन गरेको कार्यक्रम भव्य एवम् सभ्य रूपमा सम्पन्न भएको थियो ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री