• २०८१ माघ १३
  • ओझाको ‘रुमानी’ विमोचनमा माल्भिकाले भनिन् – नायिका हेभेनमा आफूलाई भेटेँ


    निरूपण
    निरूपण

    भव्य कार्यक्रमका बिच जया ओझाको औपन्यासिक कृति रुमानीको विमोचन भएको छ । बागबजारस्थित सिटी म्याक्स हलमा साहित्यकार भुवनहरि सिग्देल, मिस नेपाल माल्भिका सुब्बा र समीक्षक डा. अशोक थापाले पुस्तकको विमोचन गरेका हुन ।

    पुस्तक विमोचन पश्चात् पहिलो वक्ताको रुपमा बोल्दै माल्भिकाले पुस्तककी नायिका हेभेनमा आफू प्रतिविमिबत भएको बताइन् । उनले भनिन्, ‘समाजले तोकेका मूल्य मान्यताभन्दा पृथक् बाटोमा अग्रसर नारीहरुलाई पुस्तकले प्रतिनिधित्व गरेको छ । यो पुस्तकमा चलचित्र बनेमा म हेभेनको भूमिकामा आफूलाई देख्न चाहन्छु ।’

    समीक्षक अशोक थापाले पुस्तकलाई लिएर यौनिकता तथा लेखनको खुल्लापनाबारे केही प्रश्नहरुको उठान गरे । पुस्तकमा लेखक ओझाले देखाएको आँटको सम्मान गर्दै उनले भने, ‘उपन्यासले पढ्दै गर्दै कुनै चलचित्र हेरेको अनुभव हुन्छ । विगतका उपन्यासहरुमा भन्दा यसमा ओझाको लेखक शिल्प र भाषामा सुमधुरता आएको छ ।’

    त्यस्तै, कार्यक्रमका सभापति तथा पेज टर्नर प्रकाशन गृहका अध्यक्ष भुवनहरि सिग्देलले जया ओझाको लेखनको खुल्लापनको खुलेर प्रशंसा गरे । उनले भने, ‘प्रश्न उठाउने काम समीक्षकहरुको हो । उत्तर खोज्ने काम पनि उनीहरुकै हो । लेखकको काम लेख्ने हो, जुन काम जयाले राम्रोसँग गरेकी छिन् ।’

    कार्यक्रममा बोल्दै उपन्यासकार ओझाले उपस्थित सम्पूर्णमा आभार व्यक्त गर्दै भनिन, ‘आज म धेरै बोल्दिनँ । पुस्तक पढेर तपाईंहरुले गाली वा ताली जे दिनुहुन्छ त्यो स्वीकार छ ।’
    कवि तथा समीक्षक महेश कार्की क्षितिज सञ्चालन गरेका कार्यक्रममा १ सय ५० हाराहारीको उपस्थिति रहेको थियो ।

    उपन्यासलाई पेज टर्नर प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *