काठमाडौँ । २०८३ भदौ १६ । सङ्गीतज्ञ स्वर्गीय रविनदास श्रेष्ठद्वारा लिखित रागहरूको सङ्ग्रह राग मञ्जरी सर्वजनिक भएको छ । नेपाल शास्त्रीय सङ्गीत समाजको अयोजनमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) भएको एक समारोहबीच सङ्गीतज्ञ, ज्ञानुराधा गोर्खाली, वरिष्ठ सास्त्रीय गायक धनबहादुर गोपाली, प्रा. दीपक जङ्गम, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी, प्रा.डा. रमेश पोखरेल, डा. अन्जु उप्रेती, प्रा.डा. वेनी रावल, सुशीला आमात्यलगायतले उक्त कृतिको लोकार्पण गरेका हुन् । उक्त कार्यक्रमको सभापतित्व वरिष्ठ गायिका सङ्गीता प्रधानले गर्नुभएको थियो ।
स्वर्गीय रविनदास श्रेष्ठको दोस्रो वार्षिक पुण्य तिथिका दिन पारेर लोकार्पण गरिएको यस कृतिमा स्वर्गीय श्रेष्ठले स्नातक र स्नाकोत्तर तहका विद्यार्थीलाई अध्यापन गराउँने क्रममा सिर्जना गरिएका रागका बन्दिसहरू समावेश गरिएका छन् ।
कृतिमाथि आफ्नो धारणा राख्दै वरिष्ठ सङ्गितज्ञ धनबहादुर गोपालीले सङ्गीतको स्नातक, स्नाकोत्तर तहका विद्यार्थीका लागि उपयुक्त किसिमले सिर्जना गरिएको प्रथम पुस्तक भन्दै प्रस्तुत पुस्तकमा १६० भन्दा रागका बन्दिस+ समावेश भएको र जसमा प्रचलित र अतिकम प्रचलनमा रहेका रागसमेत रहेको बताउनु भयो ।

वरिष्ठ सङ्गीतकार प्रा. दीपक जङ्गमले स्वर्गीय श्रेष्ठले कम समयमा नै धेरै काम गरेको उल्लेख गर्दै हाल उनको अभाव खड्केको बताए । यसैगरी प्रा.डा. रमेश पोखरेलले आफूले सङ्गीतका धुरन्धर विद्वान तथा एक असल मित्र गुमाएको चर्चा गर्दै स्व. श्रेष्ठलाई प्रस्तुत पुस्तकले नै जीवन्त बनाउने उल्लेख गर्नुभयो । डा. ध्रुवेशचन्द्र रेग्मीले नेपाली सङ्गीतको भण्डार भर्नमा राग मञ्जरी सक्षम रहेको उल्लेख गर्दै नेपाली शास्त्रीय सङ्गीतका विद्यार्थीलाई लाभ पुग्ने तर्क उनको तर्क थियो ।
कार्यक्रममा अञ्जु उप्रेती, ज्ञानुराधा गोर्खाली, चन्द्ररवि श्रेष्ठले मन्तव्य दिनुभएको थियो भने । कार्यक्रम समाजका महासचिव गोकुल लिम्बुले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वर्गीय श्रेष्ठका विद्यर्थी निशा देशार, गायत्री रानामगर, सपना थापामगर, सानु तामाङ, अनिता महर्जन, सरस्वती अधिकारीले गायन प्रस्तुत गर्नुभएको थियो भने उहाँहरूलाई हार्मोनियममा श्री केसी र तबलामा अजय चौधरीले साथ दिएका थिए ।
पुस्तकलाई पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो ।




Leave a Reply