• २०८३ जेष्ठ २६
  • सकियो दुईदिने काठमाडौँ कलिङ साहित्य महोत्सव


    निरूपण
    निरूपण

    काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण सुरू सकिएको छ। ललितपुरको होटल हिमालयमा आयोजित महोत्सव दुई दिनसम्म चलेको थियो।

    ‘सीमाभन्दा पर: परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थिम रहेको महोत्सव पूर्वप्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेको थिइन्। पहिलो दिन चर्चित भारतीय अभिनेता र लेखक पीयूष मिश्रा मुख्य आकर्षणको केन्द्रमा रहे।

    ‘तुम्हारी औकात क्या है पीयूष मिश्रा’ शीर्षकमा प्रस्तोता युनुश खानसँग मिश्राले खुलेर कुरा गरे। आफ्नो बाल्यकालका जटिल भोगाइ, थिएटरप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस र आफ्नो आत्मकथाबारे उनले कुराकानी गरेँ।

    त्यस्तै, चर्चित भारतीय गायिका, अभिनेत्री तथा रंगकर्मी ईला अरुण पनि हाइहाइटमा रहिन्। ‘परदे के पीछे’ सेसनमा ईला अरुणले आफ्नो आत्मकथा ‘चोली के पीछे’ र जीवनयात्राबारे सुनाइन्।

    साथै नेपालीतर्फ ‘द ग्लोबल भ्वाइस अफ नेपाली प्रोयट्री’ र ‘महोत्सवका चुनौतीहरू’ सेसन लगायत थुप्रै सेसन सञ्चालन भए।

    उद्घाटनमा बोल्दै महोत्सव निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नरहेको बताउँदै यसले विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने बताइन्।

    उनले महोत्सव केवल साहित्यिक कार्यक्रमका लागि गरिएको जमघट नभई मानिसहरूबीच आत्मीयता र समझदारी बढाउने साझा मञ्च भएको उल्लेख गरिन्। ‘साहित्यको मूल शक्ति नै यही हो, यसले भूगोलका सीमाहरू पार गर्छ, भाषागत भिन्नतालाई आत्मीयतामा रूपान्तरण गर्छ र मानिसलाई मानिससँग जोड्ने अदृश्य पुल निर्माण गर्छ’, उनले भनिन्।

    त्यस्तै, दोस्रोदिन पनि महोत्सवमा सिनेमादेखि साहित्य, हास्यव्यङ्ग्य र गीतसंगीतमा विषयमा सेसनहरु भएका थिए। ‘गीत सुन्ने कि हेर्ने?’, ‘सिनेमा: हिजो, आज र भोलि’, ‘राजेन्द्र खड्कीलाई एक डिस्काउन्ड सुझाव’, ‘मान्ठ: जुरुक्क कर्णाली’, ‘पहिचानका पद्चाप: समाज, सभ्यता र संस्कृति’, ‘पुरानो हासो नयाँ जोक्स’ लगायतका विषयमा अन्तर्किया गरिएको थियो। त्यस्तै,

    ‘गुञ्जिरहने शब्दहरू: कविता, सिनेमा र गीतहरूको शिल्पमा राज शेखर’ शीर्षकमा सम्पदा मल्लसँग गफिए। प्रतिभा राय, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेत महोत्सवमा सहभागी भए।

    महोत्सवमा नेपालीसहित हिन्दी, उर्दू भाषामा गीत, कविता र गजलको सानदार प्रस्तुति भएको थियो। त्यस्तै, अन्तिममा चर्चित मोटिभेसनल स्पिकर आचार्य प्रशान्तको सेसन राखिएको थियो। बेलायतमा रहेका प्रशान्त लाइभ भिडिओमार्फत सेसनमा जोडिएको थियो। भिडियो लाइभ भएपनि सेसनमा दर्शकहरुको भने बाक्लो भिडभाड थियो।

    महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले योवर्षको संस्करणमा अघिल्ला वर्षभन्दा स्रोता/दर्शकहरूको बढी सहभागिता भएको भन्दै खुसी व्यक्त गरे। त्यसैगरि, निर्देशक परिडाले यस महोत्सवले नेपाल र भारतको सम्बन्धसँगै दक्षिण  एसियाली साहित्य, कला र संस्कृतिको प्रबद्धनमा सकरात्मक उर्जा थप्ने दाबी गरेँ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *