कविडाँडा साहित्य समाज चितवनले ‘अद्वैत’ उपन्यासका लागि प्रा. कृष्ण गौतमलाई २०८० को कविडाँडा आख्यान पुरस्कार प्रदान गरेको छ।
पुरस्कारका लागि स्वमूल्याङ्कनबाट उत्कृष्ट १० पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। त्यसपछि अन्तिम सूचीमा ५ पुस्तक छानिएका थिए। जसमध्ये अद्वैतलाई पुरस्कार प्रदान गरिएको हो।
सौराहामा आयोजित यस कार्यक्रममा ‘आख्यानमा मानवतावाद’ शीर्षकमा समालोचक महेश पौड्यालले प्राज्ञिक मन्तव्य दिनुभएको थियो भने समालोचन डा. एकनारायण पौड्यालले पुरस्कृत कृति ‘अद्वैत’को गहन समीक्षा गर्नु भएको थियो ।
समाजले हरेक साल प्रकाशित आख्यानलाई छनोट गरी यो पुरस्कार प्रदान गर्दछ । यस पुरस्कारको राशि अक्षेरेपी १ लाख २५ हजार रहेको छ ।
पुरस्कृत स्रष्टा गौतमले यो पुरस्कार आफूमा थप ऊर्जा जागृत गरेको र आफूले गरेको दीर्घसाधना अनुमोदन भएको अनुभूति भएको बताउनु भयो ।
शनिबार सौराहामा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै समाज अध्यक्ष एलबी क्षेत्रीले आफूले आख्यान क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारले नेपाली आख्यानको विकास र समृद्धिमा टेवा पुर्यादउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा साहित्यकार नयनराज पाण्डे, डा. अशोक थापा, भूपिन, प्रा.डा. सावित्री मल्ल कक्षपती, कृष्ण प्रसाईं, श्रीओम श्रेष्ठ ‘रोदन’, लक्ष्मण वियोगी, महेश कार्की ‘क्षितिज’, जयराम तिमल्सिना आदिको उपस्थिति रहेको थियो । यस कार्यक्रमको सञ्चालन लेखराम सापकोटाले गर्नुभएको थियो ।
Leave a Reply