• २०८१ माघ १३
  • पोखरामा `युगको तटमा उभिएर´को विमर्शमा बोल्दै कवि वैद्यले भने: कविता लेखनमा आत्मविश्वास हुनुपर्छ


    निरूपण
    निरूपण

    पोखरा । कवि विमल वैद्यको कविता कृति `युगको तटमा उभिएर´माथि आज (शनिबार) हिमालयन रिडर्स कर्नरमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै वैद्यले कविता लेखनमा कविको आत्मविश्वास झल्किनुपर्ने बताए ।

    कार्यक्रममा साहित्यकार सरुभक्तले वैद्यका कवितामा आजको युगले बोलेका मानवीय र सामाजिक संवेदना पाइने बताए । ´गतिशील समयसँगै परिवर्तन हुँदै आएको समाज, त्यसका प्रवृत्ति र मान्छेले भोगिरहेका अवयवहरू उनका कवितामा स्पष्टसँग झल्किएका छन्,` उनले भने, `कविता सिर्जनाकै लागि जन्मेका कवि वैद्यका कविता मानवीय हृदय हल्लाउने खालका छन् ।´
    पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले आयोजना गरेको काव्य नायक कार्यक्रममा कवि वैद्यले कविता लेख्दाको पुरानो अनुभव सुनाउँदै कृतिभित्रबाट पाँच मार्मिक कविता वाचन गरेका थिए ।

    कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले पूर्व (इलाम) बाट घाम मात्र होइन विमल वैद्य जस्ता सशक्त कविहरू उदाएर पोखरासम्म आइपुगेको अर्थपूर्ण सन्दर्भ जोडेका थिए ।
    कार्यक्रममा कविजरू रमेश श्रेष्ठ, लक्ष्मण थापा, सन्जिव पौडेल, लक्ष्मण वियोगी, दीपक समीप, भगवती बस्नेत, रिता अधिकारी लगायतले आ-आफ्ना सिर्जना सुनाएका थिए । यस्तै, कार्यक्रममा उपन्यासकार सरस्वती प्रतीक्षा, गनेस पौडेल लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *