साहित्यपाेस्टका कार्यकारी सम्पादक तथा लेखक कृष्ण ढुङ्गेलको नयाँ कृति ‘समयको नक्साबाहिर’को सार्वजनिक हुनेभएको छ । दोस्रो कृतिका रूपमा ढुङ्गेलले गैरआख्यान विधाकाे पुस्तक प्रकाशन गर्न लागेका हुन् ।
फागुनकाे दाेस्राे साताबाट प्रकाशनमा आउने उक्त पुस्तककाे कभर प्रकाशन गृह पेज टर्नरले सार्वजनिक गरेकाे छ ।
‘साहित्यपोस्ट’का कार्यकारी सम्पादक कृष्ण ढुङ्गेल चिरपरिचित साहित्यिक पत्रकार एवं स्तम्भकार हुन् । उनकाे ‘पत्याउनुस्–नपत्याउनुस्’ स्तम्भ साहित्यपाेस्टका पाठकबीच निकै लाेकप्रिय छ ।
यसअघि उनले ‘मिराज’ उपन्यास प्रकाशन गरिसकेका छन् । लेखक ढुङ्गेलले आधा दर्जन बढी पुस्तकहरूको सम्पादन गरिसकेका छन् । उनले सम्पादन गरेका तीर्थराम डंगाेलकाे पुस्तक ‘काठमाडाैँ कांग्रेस र तीर्थराम’, सुवर्ण शमशेर राणाकाे जीवनी, डा. बालकृष्ण साहकाे ‘गर्भकाे गर्व’लगायत पुस्तक लाेकप्रिय छन् ।
उनको दाेस्रो माैलिक कृति ‘समयको नक्साबाहिर’ बाल्यकाल, किशोरवय र स्कुले जीवनमा उनको स्मृति र व्यक्तित्व निर्माणमा सबैभन्दा बढी प्रभाव पार्ने मिहीन अनुभवको सँगालो हो ।
झापामा जन्मे हुर्केका ढुङ्गेलले आफूले भाेगेका जीवनका विविध पाटाेलाई सुन्दर ढंगले पस्केका छन् । पुस्तकलाई पेज टर्नर प्रकाशन गृहले प्रकाशन गर्दैछ ।
Leave a Reply