• २०८१ माघ १३
  • ‘सन्तापको धून’को पहिलो वार्षिकोत्सवको अवसरमा दाेस्रो संस्करण बजारमा


    निरूपण
    निरूपण

    पेज टर्नर प्रा.लि.ले  प्रकाशन गरेको पु‍स्तक ‘सन्तापको धून’ एक वर्ष पूरा गरि दोस्रो वर्ष  प्रेवेश गरेको  छ । यसै अवसरमा पेज टर्नरले प्रा.लि.ले उक्त पुस्तकको दोस्रो संस्करण बजारमा उपलब्ध गराएको छ ।

    लेखक अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’मा पर्यावरण, मिथकीयता, सामाजिक धरातलभित्रका मसिना तर गम्भीर विषय समेटिएका कथाहरू छन् । सन्तापलाई जीवनको धून सम्झेर उत्सवमय बनाउँदै लाने हो भने मात्र सच्चा जीवन जिउन सकिन्छ भन्ने भाव ‘सन्तापको धून’ कथासङ्ग्रहमा सम्प्रेषण भएको छ ।

    ‘सन्तापको धूनले नयाँ पुस्ताका पाठकको मन जित्न सफल भएको छ’,  प्रकाशक पेज  टर्नर प्रा.लि.का जयराम तिमल्सिनाले भने, ‘उनीहरूलाई नेपाली किताब पढ्नतिर यसले प्रेरित गरेको छ । सन्तापको धून युवापाठकको ढुकढुकी बनेकोमा हामी खुसी छौँ ।’

    पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले भने, ‘हामी उत्साहित छौँ  । यस सुुखद अवसरमा  सन्तापको धूनका लेखक डा. अशोक थापालाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौँ ।’

    त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापनरत लेखक थापाले भने, ‘पाठकवर्गको प्रेम र पुस्तक प्रकाशन एवम् वितरणसँग सम्बद्ध सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । आजसम्म प्राप्त हौसलाले अर्को किताब लेखनका लागि जिम्मेवार बनाएको अनुभूति गरेको छु ।’

    पुस्तक लेखकको पहिलो कथासङ्ग्रह मात्र होइन प्रकाशक पेज टर्नर प्रा.लि. को पहिलो प्रकाशन पनि हो । यसको बजार मूल्य ३६०।०० रहेको छ ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • One response to “‘सन्तापको धून’को पहिलो वार्षिकोत्सवको अवसरमा दाेस्रो संस्करण बजारमा”

    1. अशोक थापा Avatar
      अशोक थापा

      धन्यवाद!