काठमाडौँ — शिल्पी विमानको ढोका बन्द भइसक्यो । हामी विमानभित्र छौं । पक्कै तपाईंसँग ‘काल पर्यटन मन्त्रालय’को पासपोर्ट होला ! अब कप्तान (लेखक) कुमार नगरकोटी र को-पाइलट(निर्देशक) घिमिरे युवराजले हामीलाई यस्तो ‘ट्रान्जिट’मा पुर्याइदिँदैछन्, जहाँ पहिल्यै मायावी र मानव हामीलाई पर्खिरहेका हुनेछन् ।
समयको सयर(टाइम ट्राभल) गरेर भविष्य(सन् २१७५)बाट इतिहास(विसं २०७५)मा मानवलाई भेट्न आइपुगेकी रहिछन्, मायावी । रहस्यमयी मायावीले ‘समर कलेज अफ ड्राम्याटिक्स’बाट दिक्षान्त दिँदै मानव शास्त्रीले नेपाली नाटकमा पुर्याएको योगदानबारे थाहा पाइन् । उनी मानवलाई सन्धर्भ सामग्री ठान्छिन् । रंगकर्मी बालकृष्ण समलाई भेटिसकेपछि मायावी मानवको स्टुडियोमा आइपुगेकी हुन्, मानवलाई गीतका अन्तरा दान गर्न । रंगकर्ममा ख्याती बटुलिसकेका मानवलाई एक दिन कसैले भनेको हुन्छ, ‘तिम्रो जीवनमा एकदिन रहस्यमयी युवतीको आगमन हुनेछ । अनि उसैले गीतका अन्तराहरु दान गर्नेछिन्’ । मानवलाई मायावीबाट पाउने अन्तराको प्रतिक्षा छ । तर, के मानवले त्यो अन्तरा पाउला त ? खैर, यसको उत्तर पाउन शिल्पी विमानकै उडान भर्नुहोला ।
Leave a Reply