दोलखाको छेतछेतबाट ३२ किलोमिटर उक्लिएपछि आइपुग्छ नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा । त्यसनजिकै ४७०० मिटरमाथि जमेको छ– दूधकुण्ड, जो गौरीशंकर संरक्षित क्षेत्रभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण च्छो रोल्पा आउजाउ गर्ने बाटो रोल्वालिङ खोलाको किनारैकिनार तेर्सिएको छ । अनेक प्रजातिका गुराँस, सल्ला र धुपीहरू यहाँका रैथाने वनस्पती हुन् भने हिउँचितुवा, हाब्रे, ब्वाँसो र थारजस्ता जनावर अनि डाँफे, चिलिमे, मलेवा जस्ता चराको यो घर हो ।
Leave a Reply