पोखराका विद्यालयहरुमा प्रदर्शन भइसकेको नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा प्रदर्शन गरिएको हो।
बालबालिकालाई करेसाबारीबारे जानकारी दिन तयार भएको नाटक ‘करेसा कन्सर्ट’ केदार श्रेष्ठले लेखका हुन्।
अञ्जु दाहालद्वारा निर्देशित नाटकमा करेसाबारीमा फल्ने तरकारी फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काक्रो, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा देखाइएको छ।
नाटकमा अञ्जु दाहालसँगै रमेशबाबु तिमल्सिना, रोशनी रामदाम, दिपसना विश्वकर्मा, अनुसा परियार, रञ्जु दाहाल, समीर पुन, नम्रता ढकाल, पूर्णिमा अर्याल, सोनिया कार्की खत्री, रायन गुरुङ, रोहित पौडेल धनकाजी श्रेष्ठको अभिनय देख्न पाइनेछ।
१ घण्टा १० मिनेट लामो नाटकमा कमल केसीले संगीत संयोजन गरेका छन्।
Leave a Reply