उनले माया गर्दाखेरी संसार मेरै जस्तो लाग्छ
अमूल्य माया लाग्छ हीरा, मोती सस्तो लाग्छ
आकाश मेरै धर्ती मेरै चरीजस्तै लाग्छ मलाई
राजकुमार उनी मेरो परीजस्तै लाग्छ मलाई ।
बिहानको लालीजस्तै नुहिएको डालीजस्तै
अथाह उनका प्रेम गण्डकी र कालीजस्तै
लड्दा पनि उठाउने तिम्रो हात कस्तो कस्तो
हार्दा पनि जिताउने तिम्रो साथ कस्तो कस्तो
हाँसेजस्तै बोलेजस्तै मुटुभित्रै छौ कि जस्तै
चन्द्र सूर्य, आकाश नै लाग्छ तिमी हौ कि जस्तै
वर्षायामको हरियाली शीशिरको घामजस्तै
मचाहिँ सीता लाग्छ उनी मेरो प्यारो रामजस्तै
रोएजस्तो गर्ने मैले हानेजस्तो गर्ने तिमी
भागेजस्तो गर्ने मैले तानेजस्तो गर्ने तिमी
धम्काएझै गर्थे उनको मनपेट पाएपछि
जसो गर जेजे गर चोखो माया लाएपछि ।
उनले माया गर्दाखेरी संसार मेरै जस्तो लाग्छ
अमूल्य माया लाग्छ हीरा, मोती सस्तो लाग्छ ।
Leave a Reply