सीमा आभास फेसबुकमा लेख्नुहुन्छ –
आतोओडा उपन्यास पढेर सकियो । झापाका सन्थाल जातिको कथा हो यो । उनीहरूको जीवनशैलीलाई देखाइएको छ । सन्थाल भाषाका केही शब्दहरू प्रयोग गरेर नेपालीमा लेखिएको छ । सन्थालहरू कसरी भूमिपतिबाट भूमिहिन भए भनेर हडमबा र बाबा पात्रको संघर्ष छ । फुलमुनि र बुधिनको जीवन संघर्ष जग्गा जोड्दाको संघर्ष, नागरिकता नहुनुको पीडा, नागरिकता लिन जाँदा खोजिने प्रमाणले (जो उनीहरूसँग कागजी प्रमाण छैन तर यही भूमिका हुन्) दिने सास्तीको कथा छ । राज्यले खोज्ने चेतना र उनीहरूको चेतनामा ठ्याम्मै तालमेल छैन । यो सास्ती आम मधेसको व्यथा हो ।
उपन्यास पढिसकेपछि लागेको, जसले यो भूमि मेरो हो भनेर निर्वाध पत्याउने स्थिति बनाए तिनका सन्तान युरोप अमेरिका उडे । मौका पाएसम्म धेरैजसो उड्नेछन् । जसले निर्वाधसँग नागरिकता पाए उनीहरू नै नक्कली भुटानी बन्न तयार भए । पिआर लिएर यहाँको नागरिकता र भूमि त्याग्न तयार भए/छन् । जो यहाँ बस्न चाहन्छन् ती प्रमाण पुर्याउने सास्ती भोगिरहेका छन् ।
उपन्यास पढ्दा नयाँपन भेटिन्छ । भाषा जाँगर चलाउने खालको छ ।