• २०८१ माघ १३
  • धनराज गिरि



    धनराज गिरि फेसबुकमा लेख्नुहुन्छ …

    वानी भवानी भवानी भवानी! कतैबाट कुनै नाता पर्दैन। सबैभन्दा ठूलो नाता यही रहेछ। म अलि खुल्ला मिजासको मान्छे,सरल छु र छु अति जटिल पनि। खकुरेल बाजस्ता अति सहनशील पाकाहरूले मात्र दाउन सक्ने बहर हो प्रोफेसर जगमोहन आजाद।मलाई हत्तपत्त कसैले पनि चिन्न सक्दैन,किन कि म आफैं पनि आफ्नो पारा देखेर झस्किन्छु। यस्तो अराजक दाइको बैनी बन्ने हिम्मत गरेकोमा बैनी भवानीलाई बधाई छ। म प्रतिभालाई कदर मात्र गर्दिन,सकेको सहयोग पनि गर्छु। गरेको छु। दाइ कस्तो छ,बैनीलाई थाहा छ। भवानीजस्तो अर्को प्रतिभा भवानी नै हुन् ।म कसैलाई कसैसित पनि तुलना गर्दिन। सबै फूलको आफ्नै सुवास हुन्छ। भवानी पनि एक ” अम्लान फूल ” हुन् ,अझ हिमाली! यिनको साहस देखेर म झस्किएको छु। यिनी पनि मलाई मज्जाले हप्काउने गर्छिन् । यही भएर म पूर्ण भरोसाका साथ भन्छु,यिनको हृदयको सेतो कुनामा म छु,पक्कै छु।दसी यही मसी!घामभन्दा पहिले अष्ट्रेलिया मगाएर पढियो। राम्रो लाग्यो। अब्बल भनेर,मास्टर पीस,भनेर उनले नै न पत्याउने गरी तारीफ गर्दिन। उनीमा प्रचूर सम्भावना छ,हुटहुटी छ। साहित्यकार पौने शहीद हो। परिवारलाई दिने समय यता विनियोजन गर्नुपर्छ। भाग्यमानी छिन् मेरी बैनी,सङ्गत उम्दा पात्रहरूसित छ। छन्द महाकुलपति सरलापतिको आशीर्वाद वरदान हो। प्रतीक र महेश यो समयको राज कपुर र दिलिप कुमार हुन् । खतरनाक यारा,अनुज हुन् मेरा! घेरा विवेकी हुनुपर्छ । इमानदारी चाहिन्छ। बढी प्रचारप्रसारले मात्र स्तरीय सिर्जना हुने होइन। भवानी लहरा होइनन् ,सतीसाल हुन् ,पीपल,छन्द चौतारीकी!तत्कालिकता उनको पनि विशेषता हो,” पनि ” को अन्तर्य गहिरो छन्,रमाकान्त र खडानन्द उज्यालो कर्णालीले मेसो पाउने छ। यो किताब,अद्भूत छ,भनेमा भवानीले फेरि हप्काउने पक्का। तर यसरी छन्दमा नियात्रा आउनु अद्भूत भो। मेरो पनि छ,तर निकाल्दिन,किन कि अति व्यक्तिपरक छ।प्रोफेसर जगमोहन आजाद एक निर्दोष जीवन जिएको मान्छे हो। खुल्ला मनले सहयोग गर्ने हो । १५ थान किताब जिम्मा लिएको छु। बिरामी भएकाले वितरणमा ढिलाइ भयो। बैनी,कविताको बारेमा बोल्ने ल्याकत मसित छैन। आशीर्वाद छ। यो लहडी दाजी यस्तै छ। इलाम म पनि जानुछ। खकुरेल बा,कोक परिवार सबैमा नमन!

    Continue Reading