डा. अशोक थापा फेसबुकमा लेख्नुहुन्छ …
“म एउटा महाशून्यभित्र बाँचिरहेको छु ।”
‘शिरीशको फूल’ उपन्यासको यो अन्तिम वाक्य पढिसक्दा पनि लामो समयसम्म अतृप्ति बाँकी रहिरह्यो । लाग्यो यो उपन्यास नै पहिलो हो जहाँ मनमोहक शब्दहरूको मेलोडी र विचारको सही मन्थन छ । उपन्यासभित्रको गाँठी कुरा नबुझीकन डिग्री पास गरेकोमा पहिलो पटक मलाई ग्लानिबोध पनि भयो । म त थप विश्वस्त भएको छु शून्यतालाई चुम्बन गरेपछि मात्र सृष्टिको भव्य मुहार देख्न सकिँदोरहेछ । …म एउटा महाशून्यभित्र बाँचिरहेको छु ।