‘काठमाडौ-कलिङ साहित्य महोत्सव’ को चौंथो संस्करणमा पाँच कृतिलाई ‘यशस्वी बुक अवार्ड २०८२’ बाट पुरस्कृत गरिएको छ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा पुरस्कृत्त सष्टाहरूलाई सम्मान-पत्र प्रदान गरिएको हो। पुरस्कृत कृतिहरूमा काव्यतर्फ हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आख्यानतर्फ जयराम तिमल्सिनाको ‘धीमहि’, गैर आख्यानतर्फ भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’, अनुसन्धानतर्फ दीपेन्द्रराज तिम्सिनाको ‘गुमनाम एक इतिशास बिसे नगर्ची’ र अनुवाद/अंग्रेजीतर्फ सविता गौतम दाहालको ‘पिरामिड्स् अफ लेग्सिकल रिप्पल्स्’ छन्। पुरस्कृत कृतिका प्रत्येक सष्टालाई २० हजार नगद राशीसहित सम्मान–पत्र एवम् अवार्डबाट सम्मान गरिएको छ।
शनिबारदेखि सुरु भएको काठमाडौ-कलिङ साहित्य महोत्सव आइतबारसम्म चल्नेछ।




Leave a Reply