• २०८१ माघ १३
  • कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८० का लागि छानिए उत्कृष्ट दश आख्यानकृति


    निरूपण
    निरूपण

    २० श्रावण, चितवन
    कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक कृतिलाई प्रदान गर्दै आएको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’, २०८० का लागि दश कृतिको छनोट गरेको छ । समाजका अध्यक्ष एल.बी. क्षेत्रीले जारी गनुर््भएको एक विज्ञप्तिअनुसार उत्कृष्ट दशमा परेको आख्यानकृति नम्नानुसार रहेका छन्ः
    १.अडिएका पाइला, उपन्यास, विष्णु सापकोटा
    २.अद्वैत, उपन्यास, कृष्ण गौतम
    ३.अन्तर, उपन्यास, रमेश सायन
    ४. अर्को देशमा, कथा सङ्ग्रह, सानु शर्मा
    ५.गोपीचा, उपन्यास, विश्व कुइँकेल
    ६. चरैवेति, उपन्यास, जीवन जीवन्त
    ७.डम्फुको आत्मालाप, कथा सङ्ग्रह, भक्त स्याङतान
    ८.बुढीपोल्ली, कथा सङ्ग्रह, खेम बतास
    ९.भृकुटी, उपन्यास, गोविन्दप्रसाद कुसुम
    १०. सन्त्रासका ६० दिन, उपन्यास, रोशन थापा ‘नीरव’
    विज्ञप्तिमा भनिएका छ, ‘यी कृतिहरूमध्येबाट दोस्रो चरणमा उत्कृष्ट पाँच कृतिको सूची प्रकाशित गरिने छ, र ती मध्येबाट उत्कृष्ट एक कृतिको छनोट गरी ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८०’ प्रदान गरिने छ ।’
    कविडाँडा साहित्य समाजले गतवर्षदेखि कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्रदान गर्दैै आएको छ । एक लाख २५ हजार राशि रहेको यो पुरस्कार पहिलोचोटि डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई प्रदान गरिएको थियो ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री