• २०८१ कार्तिक २०
  • त्रिवेणी साहित्य मञ्चको आयोजनामा भव्य सृजना वाचन


    निरूपण
    निरूपण

    जुलाई २३, पेन्सिलभेनिया

    त्रिवेणी साहित्य मञ्चको आयोजनामा ह्यारिस्बर्ग स्थित मम्स मो मो एण्ड देलिको भवनमा एक भव्य सृजना वाचन कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा थुप्रै साहित्य साधकको उपस्थिति जनाएका थिए । त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलाको अध्यक्षतामा कार्यक्रम रहेको थियो भनि सामाजिक अभियान्ता टिका बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम मंचका सचिव नाराद आचार्य “सुदामा ” र मञ्च कै उपाध्यक्ष प्रेम घिमिरेले संचालन गर्नु भएको थियो।

    वरिष्ठ साहित्यकार तथा सङ्गितकार तुंगाानाथ उपाध्याय कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । सृजना वाचनको श्रीगणेश मञ्चचका उपाध्यक्षले अङ्ग्रेजी र नेपाली भाषामा सुनाएका थिए ।औपचारिक शिक्षा विना पनि सृजना गर्न सकिन्छ भन्ने प्रमाण देवी दाहाल दागनेले छन्दमा कविता सुनाएर प्रमाण गर्नु भएको थियो । गम्भीर स्वाभावका युवा कवि परमा कान्छो अधिकारीले दार्ही शीर्षकको कविता सुनाएर सबैलाई मन्त्रमुग्न बनाएका थिए ।

    मम्स मो मो का प्रोपराइटर साहित्य सर्जक अगम गुरुङ आफैंले सृजना गरेको र बजार आउन लागेको गीत गाएर मनोरञ्जन प्रदान गर्नु भयो भनि साहित्य सर्जक अबि बाबु अधिकारीले हाम्रा पू्र्खाले प्रयोग गरेका ढिकि , जाँतो , हलो जुवा , कर्द , ठेकी मदानी , चक्मक , हँसिया , हतौडा जस्ता कुरा लोप हुँदै गएको कुरालाई अति मार्मिक ढंगले छन्दमा कविता सृजना गरेर सुनाउदा पुरै हलका सर्जकहरुको मन खिचेको थियो । गायक बि के न्यौपानेले दुईवटा गीत सृजना स्वारुप वाचन गरेका थिए भनि साहित्य सर्जक मदन पोख्रेलले मुनामदनको लयमा आफुले मातृभुमिले गरेको गुनासो मीठो शैलीमा सुनाउनु भएको थियो । वसुधा रिजालले मीठो छन्द कविता सुनाएर सबैलाई मोहित पार्नु भएको थियो यसैगरी मञ्चका सल्लाहकार विष्णु लुइँटेलले भूटान सम्झना सृजना मार्फत गुनासो पोख्नु भयो ।

    पुर्खाले प्रयोग गरेका सामान सजिसजाउ भवन आफैं एउटा सृजना थियो कार्यक्रम उपस्थित सबैको मन भवन भित्र सजाएर राखिएका सामान तानिरहेको अनुभुति हुन्थ्यो ।
    कार्यक्रमको छायांकन मञ्चका आइटि प्रमुख प्रेम निरौलाले गर्नु भएको थियो । कार्यक्रमको विट मार्ने बेला हुनै लागेको थियो कार्यक्रमका विशेष अतिथि उपाध्यायले आफ्ना युवा बेलाको रमाइलो सम्झदै सृजना खुबै सुन्दर ढंगले सुनाउनु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बस्नेतले जिउँदो हुँदा सृजना टन्नै लिखिन्थ्यो अहिले मरेतुल्य भएको छु भन्दै अरुले सुनाएको सृजनाले आफुलाई आनन्द तुल्याएको कुरा जायर गर्दै अर्को पल्ट कार्यक्रममा आउँदा सृजना लिएर आउने वाचा गर्नु भयो ।

    मञ्चका अध्यक्ष केशव बैरागी माइलाले मम्स मोमोका संचालक अगम गुरुङ्गलाई त्रि .सा .म लाई कार्यक्रम गर्न आमन्त्रण गरिदिनु भएकोमा विशेष धन्यवाद दिदै उपस्थित सर्जक सबैलाई धन्यवाद ज्ञापन गर्नका साथै आफ्ना दुई वटा गजल सुनाउनु भएको थियो । निकट भविस्यमा दिनको एउटा कथा ( जस्मा ३६५ वटा कथा रहने) शीर्षकमा कथा संग्रह त्रिवेणी साहित्य मञ्चको ब्यानर लिएर आउने घोषणा गर्नु भयो । मञ्चले अहिलेसम्म थुप्रै काम गरिसकेको र अझ धेरै काम गर्न बाकि रहेको कुरा जनाउदै , काम गर्ने र हल्लाको पछि नलाग्ने विचार व्यक्त गर्नु भएको थियो । जुलाई २२ -२०२४ को कार्यक्रमलाई पहिलो शृंखलाको रूपमा लिइएको र अब निरन्तर मासिक रूपमा ११ वटा रचना वाचनका शृंखला पश्चात बार्सिक उत्सवको रूपमा मनाउने कुरा बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

    सम्पादकीय टिप्पणी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री