• २०८१ माघ १३
  • वर्षाले पार्‍यो जनजीवन अस्तव्यस्त


    निरूपण
    निरूपण

    रमेश पोखरियाल निशंक

    लगातारको वर्षाका कारण यस्तो लाग्न थालेको थियो कि आज पूरै आकाश प्रलाय वर्षाउन तल्लिन छ । मानिसहरू विगत दुई दिनदेखि घरैभित्र कैदीजस्तै भएर थुनिएका थए । १५ जून २००३ का दिन एकाबिहानैबाट सुरु भएको हल्का वर्षाले गर्मीले आक्रान्त जनमानसलाई धेरै राहत भने प्रदान गरेको थियो । जून महिनाको प्रचण्ड गर्मीबाट आक्रान्त भएका स्त्री–पुरुष, बालबालिका तथा बृद्धबृद्धाका अनुहारहरू वर्षाका यी झोँकाका कारण प्रदीप्त देखिन्थे ।
    १६ जूनका दिन भारी वर्षा भयो । रातभरि पानी परि नै रह्यो, र १७ जूनसम्म वर्षाको यो प्रकोप जारी नै रह्यो ।

    एकाबिहानैदेखि मलाई मेरो विधानसभा क्षेत्रअन्तरर्गतका डोईवाला, हर्रावाला आदि धेरै ठाउँबाट फोन आउन थाले । अतिवृष्टिका कारण ठाउँठाउँमा पानी जम्ने, घरहरूमा पानी तथा भेल पस्ने, तथा सडक अवरुद्ध हुनेजस्ता समाचार आइरहे ।
    बिहानै म घरबाट निस्किएर डोईवाला क्षेत्रतिर लागेँ । अत्यधिक वर्षाका कारण मानिसहरू घरघरमै कैद भएर बसेका थिए । लाग्थ्यो, जनजीवन पूर्णतः ठप्प भएको छ ।

    उत्तराखण्डका आफ्नै विशिष्ट भौगोलिक परिस्थितहरू छन् । अग्ला–होचा पहाडहरूले भरिएको यस पहाडी प्रदेशमा समय–असय विपदहरू आइ नै रहन्छन् । कहिले भू–स्खलन, कहिले अतिवृष्टिले यहाँको जनजीवन प्रभावित भइ नै रहन्छ ।

    प्राकृतिक विपत्तिमाथि त कसैको पनि नियन्त्रण हुँदैन, तर त्यसको न्यूनीकरण र प्रबन्धन त हाम्रो अधीनमा हुन्छ नै । यद्यपि यस्तो स्थितिमा म पनि एक्लै केही गन नसक्ने स्थितिमा थिएँ, तर पनि सोचेँ, प्रभावितहरूमाझ पुगेर सरकारी संयन्त्रलाई सूचित गर्न सक्छु र उनीहरूको सुख–दुःख बाँडेर मनोबल बढाउँन सक्छु । त्यसैले, म घरबाट निस्किएँ ।

    देहरादून र आसपासका क्षेत्रहरूमा सुकेका नदी–नालाहरू फेरि भरिएर गड्गडाइरहेका थिए । तल्लो भेगमा बसेका बस्तीहरूमा पानी भरिएको थियो भने, नदी–नालाका किनारमा बसेका बस्तीहरू निरन्तर उच्च जोखिममा परिरहेका थिए ।
    उत्तराखण्ड छुट्टै राज्य बनिसकेपछि पछिल्ला १४ वर्षमा देहरादूनको विकास अत्यन्त तीब्र गतिमा भएको छ । विकास सँगसँगै यहाँका सडक र आवासीय कोलोनीहरूमा जनसङ्ख्याको चाप अन्यत्य भारी मात्रामा बढेको छ । अनुमान छ, कि यी १४ वर्षमा यस सहरको जनसङ्ख्यामा करिब दोब्बर सङ्ख्याको बृद्धि भएको छ । यसै गतिमा यहाँका गल्ली र गाउँमा बहुमञ्जिला भवनहरू पनि बनाइएका छन्, तथा चौडो आयतन भएका नदी–नालाका किनार मिचेर बस्तीहरू बसालिएका छन् । यसै कारण बर्षात्मा भरिएका नदी–नालाको पानी सहजै आवसीय क्षेत्रमा प्रवेश गर्ने गर्दछ । यसै कारण पनि बाढी यहाँको एक प्रमुख समस्या बनेको छ । यसमाथि नियन्त्रण पाउनलाई सम्पूर्ण संयन्त्रलाई पनि निकै कठिन हुने गरेको छ ।

    मैले धेरै ठाउँहरूको निरीक्षण गरेँ र अधिकारीहरूलाई आवश्यक निर्देशन पनि दिएँ । धेरै क्षेत्रहरूका सडकहरू पानीमा डुबिसकेका थिए, जबकि केही बस्तीहरूमा त पानी घरैभित्रसम्म पसिसकेको थियो, र मानिसहरू कुनै प्रकारले आफ्ना माल–सामान र लत्ता कपडा बचाउने प्रयास गरिरहेका थिए । यो केवल एक ठाउँको कुरा थिएन । हरेक ठाउँमा यस्तै स्थिति थियो । अब त मानिसहरूको मनमा त्रास पनि भरिन थालेको थियो, किनकि लगातारको वर्षा रोकिने कुनै छाँट देखिइरहेको थिए । मासिनहरू भन्न थालेको थिए, यति लामो समयसम्म परेको यस्तो तीब्र वर्षा उनीहरूले जीवनकालमा यसअघि कहिल्यै देखेका थिएनन् । उनीहरू प्रशासनप्रति पनि आक्रोषित थिए । यसका अतिरिक्त आम जनताहरू के नै गर्न गक्थे र !

    दिनभरिमा म एक ठाउँ होइन, धेरै ठाउँमा पुगेँ । समाधानका लागि सडक विभाग तथा नगर निगमसहित अनेक अधिकारीहरूलाई प्रभावितस्थलमा राहत कार्यका लागि खटाएँ, तथा ग्रामीण क्षेत्रका बस्तीहरूमा जहाँ र जस्तो सहायता सम्भव थियो, त्यसैका लागि पूर्ण प्रयासमा जुटिरहेँ ।

    मलाई सुनाइयो कि केदारनाथ धाममा भीषण वर्षा र भू–स्खलनका कारण निकै ठूलो क्षति भएको छ । यो सुनेर म स्तब्ध भएँ । म यो अनुमान गर्न पनि सकिरहेको थिइनँ कि त्यहाँ कस्तो प्रकृतिको घटना घटेको हुँदो हो ! त्यसपछि एकमात्र होइन, अनेक ठाउँबाट मलाई फोनहरू आउन थाले । जति जनासँग कुरा गरेँ, उती नै प्रकारका नयाँ नयाँ सूचनाहरू आउन थाले । कोही भन्थे, पचास जना पानीमा बगेर गए, त कोही भन्थे बाढी आयो । अन्य कोही भन्थे, चट्याङ् परिरहेको छ ।

    कतैबाट पनि स्पष्ट समाचार आइरहेको थिएन, किनकि फोन गर्नेहरू पनि घटनास्थलभन्दा निकै टाढा थिए । गौरीकुण्ड, रामबाडा र केदारनाथबाट कुनै पनि फोन आएको थिएन । त्यसैले घटनाको बारेमा कुनै पनि स्पष्ट जानकारी आइरहेको थिएन । जोजोसँग मेरो कुरा भयो, उनीहरूबाट पनि आधा–अधुरो र हल्लैहल्लाको समाचारमात्र पाइरहेँ । विगत दुई दिनदेखिको निरन्तर वर्षालाई हेरेर मैले पनि आशङ्का गर्न थालिसकेको थिएँ कि कतै कुनै अनिष्ट भएको हुन सक्छ ।
    मेरो मनमा अनेक प्रश्नहरू उठिरहेका थिए । के बर्षाका कारण त्यहाँ खोल्सा–खाल्सी र नदीको प्रवाह बढेको हो वा चट्याङ्मात्रै परेको हो? घटना कहाँ घटेको हो, त्यसको पनि कुनै अनुमान पाउन असम्भव थियो मेरा लागि । केही मानिसहरूसँग फोन जोडिए पनि सिग्नल कमजोर भएका कारण स्पष्ट कुराकानी नै हुन सकेन ।

    मैले मुख्यमन्त्रीजीसँग पनि टेलिफोनबाट दुई–चार पटक सम्पर्क गरेँ, तर उहाँसँग पनि कुनै आधिकारिक जानकारी थिएन । डोईवाला ग्रामीण क्षेत्रको भ्रमण सकेर साँझपख म पनि देहरादून फर्किएँ । केदारनाथको सूचनाले मनभरि उथलपुथल नै मच्चिएको थियो । मैले मन बनाएँ, आफ्नै प्रयासमा म टेलिफोनबाटै पनि केही जानकारी सङ्कलन गर्छु । मैले केदारनाथ, गौरीकुण्ड, सीतापुर र गुप्तकाशीसहित अनेकौँ स्थानमा मानिसहरूसँग कुरा गर्ने कोसिस गरेँ, तर मेरो फोन नै लागेन । एकदुई जना होइन, धेरै जनासँग कुराकानी गने प्रयार गरेँ, तर कसैबाट पनि स्पष्ट जानकारी प्राप्त गर्न सकिनँ ।

    मैले रुद्रप्रयाग इलाकाका प्रहरी अधिक्षकलाई फोन गरेर वस्तुस्थितिको जानकारी मागेँ । उनले भने, उनलाई पनि रामबाडा क्षेत्रमा भीषण क्षतिको सूचना प्राप्त भएको छ । उनका अनुसार रामबाडा क्षेत्रमा तैनाथ एक पुलिसकर्मीले वायरलेसबाट उनलाई जानकारी गराए, “माथि चट्याङ् परेको छ र भयङ्कर आवाजका साथ बाढी आइरहेको छ । मानिसहरू आ–आफ्नो ज्यान जोगाउन….” यति कुरा गर्दानगर्दै फोन सम्पर्क विच्छेद भइगयो । फेरिपल्ट, सूचना दिने ती पुलिसकर्मी र चौकीमा तैनाथ अन्य पुलिसकर्मीसँग सम्पर्कै हुन सकेन ।

    यो सुनेर अनुमान गर्न मलाई समय लागेन कि यो कुनै सामान्य घटना होइन । आखिर त्यति सूचना दिने ती पुलिसकर्मीले थप सूचना किन दिएनन्? तथा, त्यो वायरलेस सेटमा पनि कुराकानी किन पूर्णतः बन्द भयो?
    मैले तुरन्तै मुख्यमन्त्रीजीसँग कुरा गरेँ, र आफ्ना आशङ्कासँग उहाँलाई अवगत गराएँ । जिल्ला प्रसाशनले राज्य प्रशासनलाई दिएको सूचनामा अतिवृष्टिका कारण आएको भीषण बाढीमा बगेर दुई दर्जनभन्दा बढी मानिसहरू बेपत्ता भएका भनिएको छ । यसपछि मुख्यसचिव तथा सम्पर्कमा आएका सबै अधिकारीहरूसँग वार्ता भयो । कुनै ठूलै अनिष्टको आशङ्काले म राम्रोसँग सुत्न पनि सकिनँ ।

    —०—

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *