• २०८१ कार्तिक २०
  • चित्र र मूर्ति बनाउँदै कला मन्थन


    <br />
<b>Warning</b>:  Attempt to read property /home/niroopan/domains/niroopan.com/public_html/wp-content/themes/entersoft_news/single-page/writer.php on line 14
    " />

    Warning: Attempt to read property "post_title" on bool in /home/niroopan/domains/niroopan.com/public_html/wp-content/themes/entersoft_news/single-page/writer.php on line 18

    चितवन — सूर्य ‘मध्यरात’ कालो माटो अगाडि राखेर आकार दिन कस्सिएका थिए । उनले जसको मूर्ति बनाउँदै थिए ती व्यक्ति सामुन्नेमा थिए । अर्को कुनामा प्रताप श्रेष्ठ आफ्नो सिर्जनालाई अन्तिम रूप दिन तल्लीन थिए । प्रतापले पनि कालो माटो लिएर चोर औंला उठाएको मुट्ठी बनाइरहेका थिए । भरतपुरका यी दुई मूर्तिकार आ–आफ्नै धुनमा थिए । सोही सभा कक्षामा चितवन र नवलपुर क्षेत्रको चित्र र मूर्तिकलाबारे मन्थन चल्दै थियो ।

    चितवन र नवलपुर क्षेत्रमा चित्र र मूर्ति बनाउन सक्रिय रहेका कलाकारले हालै नारायणगढस्थित चितवन साहित्य परिषद्को सभाहल आ–आफ्ना सिर्जना प्रस्तुत गरे । चित्र र मूर्ति बनाउने आठ र चित्र मात्रै बनाउने थप सात जना गरी १५ जनाले सोही सभा हलमा नै आफ्ना सिर्जना तयार पारेका हुन् । साथै, यस क्षेत्रका चित्र र मूर्तिकलाको सम्भावनाबारे विमर्श पनि गरे ।

    ‘स्थानीयस्तरमा सक्रिय भइरहेका र यहाँबाट काठमाडौं गएर राष्ट्रिय रूपमा नै चर्चा कमाउन सफल भएका कलाकारहरू भएका जिल्ला हुन् चितवन र नवलपुर,’ चित्रकार प्रकाश थापाले भने । कार्यक्रममा उनले कार्यपत्र पनि पेस गरेका थिए ।

    थापाका अनुसार चितवन नवलपुर क्षेत्रमा ५० भन्दा बढी चित्रकार र मूर्तिकारहरू सम्पर्कमा छन् । तीबाहेक पनि कतिपय सिर्जनामा तल्लीन छन् । ‘तर सर्जकका सिर्जना सार्वजनिक गर्ने ठाउँको अभाव छ । ग्यालरी तथा प्रदर्शनी केन्द्रहरू भइदिएको भए सिर्जना प्रदर्शन गर्ने, कलाकार भेटघाट गर्ने र कलाबारे मन्थन गर्न सहज हुन्थ्यो,’ उनले भने । यी समस्याबारे सरकारी निकायमा पटकपटक जानकारी गराएको भए पनि सम्बोधन नभएको उनको दुखेको छ । त्यस्तै कला अध्यापन गराउने शिक्षालय भएको खण्डमा सिर्जना परिस्कृत गर्न सहज हुने उनी बताउँछन् ।

    गैंडाकोटका चित्रकार भीमप्रसाद शर्माले प्रदर्शनी कक्ष र संग्रहालय नहुँदा बिक्री गर्न समस्या भएको र सिर्जना बिक्री नहुँदा कलाबाट पलायन हुने खतरा बढेको बताए । उनले चितवन नवलपुर क्षेत्रका कलाकारहरूले यहीको भूगोल, भेषभूषा, नदी, तालतलैया, जीवनशैली, जीवजनावरहरूलाई कलामा उतार्नुपर्ने सुझाव दिए । उनले यो क्षेत्रमा कम्तीमा स्नातक तहसम्मको ललितकला कलेज स्थापना हुनुपर्ने बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री