• २०८१ माघ १३
  • कथामा एल.बी. स्टाइल


    निरूपण
    निरूपण

    हामी साहित्यलाई समाजको ऐना मान्छौं । ऐनाले जसरी कुनैपनि वस्तुको यथार्थलाई प्रस्तुत गर्दछ, साहित्यले पनि सोही धर्मलाई अबलम्बन गर्दछ । ऐना आफैमा निर्जिब वस्तु भएतापनि वस्तुलाई प्रतिविम्वित गरी सजीवता प्रदान गर्छ । एल.बी. क्षेत्रीकृत ‘इन्द्रमायाको देशमा’ ले पनि वर्तमान परिप्रेक्ष्यको राजनीतिक, सांस्कृतिक, आर्थिक पक्षको रहस्य उद्घाटन गरेको छ । नेपाली समाज र नेपालीहरुकै रहनसहन र दिनचर्यालाई प्रमुखताका साथ उठान गरेको यस संग्रहले नेपाली समाजकोे एक दस्तावेजका रुपमा काम गरेको छ ।
    कुनै पनि कालखण्ड अथवा त्यस बखतको बारेमा जान्नु छ भने तात्कालिन समयको साहित्यको अध्ययन नै समाज थाहा पाउने मुख्य आधार हुन जान्छ । कला र साहित्यले समाजमा घटेका घटनाहरुलाई प्रतिविम्वित गर्नुपर्छ भन्ने जर्ज लुकासको मान्यता  र क्षेत्रीकृत ‘इन्द्रमायाको देशमा’ लाई एकै तराजूमा जोख्दा साहित्यलाई समाजको दस्तावेजको रुपमा स्वीकार गर्नुपर्ने हुन्छ । यसर्थ ‘इन्द्रमायाको देशमा’ ले नेपाली समाज कै घटना र परिघटनाहरुलाई समेटेको छ । क्षेत्रीले समाजको सामुहिक भोगाईसँगै आफ्नै वैयक्तिक भोगाइका कच्चा पदार्थहरुलाई प्रशोधन गरी एक दस्तावेजका रुपमा यस संग्रह तयार पारेका छन् ।
    बाईसवटा कथाहरुले संरक्षित ‘इन्द्रमायाको देशमा’ कथाकार एल.बी. क्षेत्रीको कृतिगत तेस्रो तथा दोस्रो कथा संग्रह हो । यस अघि त्रिशङ्कुको देशमा २०६४, लघुकथा संग्रह र भीडमा हराएको मान्छे २०७१, कविता संग्रह प्रकाशित गरी नेपाली साहित्य क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका क्षेत्रीले यस संग्रह मार्फत समसामयिक र मौलिक कथाहरु प्रस्तुत गरेका छन् ।
    समय–समयमा देश तथा विदेशको यात्रा गरिरहने क्षेत्रीले यात्राको क्रममा साक्षात्कार गरेका विभिन्न परिस्थिति र घटनाक्रमहरुलाई नै समाज बुझ्ने आधार बनाएका छन् । सो कुराको प्रतिबिम्व उनका कथाहरुमा भेटिन्छन् । यात्राले उनका कथाहरुको रेन्ज त बढाएको छ नै त्यसका अलवा कथाका विषयवस्तुहरुमा सजीवता पनि प्रदान गरेको छ । नेपालको नारायणगढ, भैरहवा, सुनौली, साथै गोर्खा पल्टन, भारत हुँदै, अष्ट्रेलियासम्मको विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षहरु कथाहरुले उठान गरेका छन् । धनी, गरीब, शिक्षित, अशिक्षित लगायत सीमान्तकृत वर्गका पात्रहरु पनि क्षेत्रीको संग्रहमा अटाएका छन् । समाज र समाजसँग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण पाटाहरुसँग विमर्श गरी विभिन्न मूल्य, मान्यताहरुलाई ताली र गालीका माध्यमबाट प्रस्तुत गर्नु नै एल.बी. को प्रमुख स्टाइल हो ।
    संग्रहको पहिलो कथा ‘राष्ट्र निर्माण’ ले देशको विषम परिस्थिति र ओहदामा पदासीन विशिष्ट व्यक्तिहरुले गरिरहेका लापरवाहीलाई व्यङ्ग्यका माध्यमबाट एक मिठो झापड हानेको छ । राष्ट्र निर्माणको जिम्मेवारी पाएका केही प्रभुत्वशाली पात्रहरुहरु एक ठाउँमा छलफलका लागि भेला भएता पनि निष्कर्षमा पुग्न नसक्नुले टि.एस. इलियटको ‘हलो म्यान’ कविताको पात्रहरुसँगै मितेरी लगाउन पुगेका छन् । नेपाली राजनीति र प्रशासनको गैर जिम्मेवारीपनाको नाङ्गो रुपलाई व्यङ्ग्यात्मक रुपमा देखाउनु नै एल.बी. को शिल्पकला हो । ‘रेमिट्यान्सको कथा’ मा अष्टे«लियामा भएका नेपालीहरुले भोग्नु परेको दुःख  र पीडालाई प्रतिविम्वित गरिएको छ । विदेश जाँदैमा रुखमा पात टिपेझै पैसा कमाउन सकिदैन बरु रगत र पसिना चुहाउनु पर्ने यथार्थलाई कथाकार यसरी प्रस्तुत गर्छन् ः
    त्यो घरको माथिल्लो तलाको बीस ओटा भन्दा बढी कोठाहरु म र तपाईकी बुहारीले राति ११÷१२ बजेसम्म सफा गथ्र्याे । … होटलमा भागा माझ्नेदेखि लिएर कार्याल्यहरुमा पोछा लगाउने, चर्पी सफा गर्ने काम समेत गर्नुपर्ने रहेछ ।
    (रेमिट्यान्सको कथा, पृष्ठ २७)
    पछिल्लो दशकमा विदेश पलायन हुने संस्कृति नेपालमा ह्वात्तै बढेको छ । पढाई र जागिरका क्रममा नेपालीहरु खाडीमुलुक, यूरोप, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुगे पश्चात पेट पाल्नकै लागि उनीहरु जुनसुकै कामहरु अपनाउन बाध्य हुन्छन् । जसलाई कथाकारले छोराबुहारीका माध्यमबाट प्रस्तुत गरेका छन् । उनीहरुले अष्ट्रेलियामा भोग्नु परेको समस्यालाई नेपालीहरुको सामूहिक विश्वदृष्टि स्वरुप जागृत गराउन सक्नु एल.बी. को अर्काे स्टाइल हो ।
    शीर्षकथा “इन्द्रमायाको देशमा” विनिमार्णद्घारा वुनिएको राष्ट्रप्रेम र नारी स्वतन्त्रताको खोजी गरिएको संग्रहकै उत्कृष्ट कथा हो । यस कथामा कथाकारले हेन्रिक इब्सेनको अ डल्स हाउसकी मुख्य पात्र नोरा र जर्ज बर्नाड शाकी क्यानडिडासंग नेपाली परिवेशकी इन्द्रमायालाई विश्वका स्थापित चरित्रहरुसंगै स्थान दिएर नारी शक्ति र अधिकारका लागि आवाज उठाउनु पनि एल.बि.को अर्को स्टाईल हो । यसले कथाकारको वौद्घिकतालाई प्रष्ट पारेको छ ।
    एक्काइसौ शताब्दीका मानिसहरु जीवन जेटकै गतिमा बाँचिरहेका हन्छन । उनिहरु समाजमा आफ्नो नाम स्थापित गर्न, सुखी जीवनयापन गर्न कुदिरहँदा उनीहरुभित्रको मनोवैज्ञानिक विश्लेषण ‘मीठो हाँसो’ र ‘हतारमा’ कथाहरुले गरेका छन् । जसलाई कथाकारले यसरी देखाएका छन् ् ः
    ऊ जहिले पनि हतारमा देखिन्छ । उसलाई सुत्नुभन्दा पहिला भोलि जाग्नुको हतार हुन्छ । सुन्नुभन्दा पहिला बोल्नुको हतार, पढ्नुभन्दा पहिला खेल्नुको हतार, पुग्नुभन्दा पहिला फर्किनुको हतार ।     (हतारमा पृष्ठ. ६९)
    ‘अन्य’ कथाले देशको राजनीतिक संस्कारको यथार्थलाई चिरफार गरेको छ । हाम्रालाई काखी च्यापने र राम्रालाई गलत्याउने संस्कारको प्रतिनिधित्व कथाका पात्रहरु पार्टी सभापति र उनका समकक्षीले गरेका छन् । ‘रहर’ कथा यस संग्रहको सामाजिक कथा हो । घरपरिवारको उन्नतीको लागि अहोरात्र खटिएको प्रकाशले आफ्ना चाहनाहरु सन्तानका माध्यमबाट पूर्ति गर्ने सपना देख्नु प्रकाशको मात्रै नभएर सम्पूर्ण मानिसहरुकै विश्वदृष्टि हो ।
    ‘सिमाना’ कथा संग्रहको उच्च दर्जाको कथाहरु मध्यको एक हो । देशका वरिष्ठ नेताहरु भारत भ्रमणमा जादा त्यहाँका नेताहरु समक्ष नेपालमाथि भएको अन्याय र दमनलाई विर्सेर आफ्नो स्वाधिनता र स्वाभिमानलाई संकटमा पार्दै आईरहेको महशुस आम नेपालीले गरेका छन् । ‘सिमाना’ कथाले नेपाली अस्तित्व, परिचय र राष्ट्रियता संम्बन्धि विषयलाई लाई उठान गरेको छ । कथाकी मुख्यपात्रले सुनौली नाकामा भारतीय प्रहरी समक्ष गरेको अदम्य साहस र बुलन्द विद्रोहले नारी शक्तिको प्रतिनिधित्व गरेको छ । सीमा प्रहरीले गरेको र्दुव्यवहारको प्रतिउत्तर स्वरुप नारीपात्रले मुख भरिको थुक उसैको सामुन्ने थुकिदिनु र नाकको सिंगान ‘ल खा’ भनी फ्याकिदिएको तथ्यले नारीहरु पनि आफ्नो अधिकार र राष्ट्रियताको मामलामा बलियो हैसियत राख्न सक्छन् भन्ने कुरा पुष्टी हुन्छ ।
    केही कथाहरु ‘दर्पदमन’, ‘सोझो मान्छे’ र ‘हतारमा’ मा आकस्मिकताको खोजी गरिदा कथाको प्रवाह अस्वभाविकतातिर गएको भान पाठकलाई हुन जान्छ । तरपनि, क्षेत्रीले काल्पनिकतालाई भन्दा आफैले बाँचेको, भोगेको विषयवस्तुलाई प्राथमिकताका साथ यथार्थपरक चित्रण गरेका छन् । कथाहरुमा प्रस्तुत गरिएका विषयवस्तुहरुलाई न्याय दिदै जीवन्त र विश्वसनीय बनाउन सक्नु एल.बी. कथागत अर्काे स्टाइल हो ।
    वर्तमान युगालाई आधुनिक युग भनेर जति व्याखया गरिएता पनि धर्म, संस्कार र रितिरिवाजको जरा निकै गहिरो हुने प्रंसग ‘रुपान्तरण’ कथाले बोकेको छ । जातिय छुवाछुत र धार्मिक श्रेष्ठताका नाममा गरिने भेदले समाजलाई क्यान्सरले झै थला पारेको छ । देशकै राजधानी पनि यस विकृति र कुरितीबाट अछुतो नरहेको पं्रसग कथाकार यसरी पोख्छन ् ः
    ‘तैले पकाएको भात कसले खान्छ ?’
    म झसँग भए ँ । यो करा मलाई ज्ञान थिएन् ।
    ‘किन र आमा ?’
    ‘नबुझे जस्तो नगर । तिमीहरु क्षेत्री । तिमीहरुले
    छोएको भात हामीलाई चल्दैन ।
    (रुपान्तरण, पृष्ठ ५९)
    समाजमा विभिन्न जात, धर्म र भाषाभाषीका मानिसहरु बस्दछन् । समाजको विकास सबै मानिसहरु एक आपसमा जुट्न सके मात्र सम्भव छ । जीवनको एक कालखण्ड प्राध्यापनमा बताएका क्षेत्रीले यस कुरालाई राम्ररी बुझेका छन् । तसर्थ सामाजिक असमानता, विकृति र विंसगतिहरुलाई साहित्यका माध्यमबाट चिरफार गरी अन्त्य गर्ने पाइला चाल्नु नै एल.बी. को स्टाइल हो ।
    प्रयोगात्मक शैलीलाई अनुशरण गरिएको संग्रहको अन्तिम कथा ‘उसले फेरी सपना बुन्नु छ’ ले सीमान्तकृत वर्गको प्रतिनिधित्व गरेको छ । संगीता र जेठाको मनोवैज्ञानिक तरङ्ग, सुनको टप लगाउने सानो सपना र देवरले बिष पिएसँगै उनीहरुको तुहिएको सपनाजस्ता विल्कुलै सामान्य लाग्ने कुराहरुलाई कथाको मुख्य विषयवस्तु बनाउनु पनि एल.बी. को अर्काे स्टाइल हो । यस कथाले सीमान्तकृत वर्गको पिडादायी कथालाई प्रस्तुत गरेको छ । गायत्री चक्रवर्ती स्पीभाककै धारणालाई अनुशरण गर्दै लेखकले सबाल्र्टनको कथा आफूले बोलिदिने प्रयास गरेका छन् । सामाजिक यथार्थलाई प्रस्तुत गरेका कथाकारले प्रभुत्वशाली वर्गले सल्र्वाटनमाथि गर्ने अत्याचार पनि देखाउन चुकेका छैनन् । संगीतालाई कुखुरा साुहसाहुनीले नामले नबोलाउनु र राउसिंहलाई निकै कम तलब दिएर काममा लगाएको पं्रसग कथाकार यसरी लेख्छन् ः
    जेठाले पनि त्यो काम छाड्छु भनेको साहुले पाँच सय तलब बढाइदियो । … तर हामीलाई ठिक्क हुन्छ । एक पैसा बच्दैन् ।
        (उसले फेरी एउटा सपना बुन्नु छ, पृष्ठ ८६) ‘इन्द्रमायाको देशमा’ मा संरक्षित कथाहरुले एल.बी. क्षेत्रीकोे ब्यक्तिगत अनुभव र कालिक वृतलाई राम्ररी प्रतिनिधित्व गरेता पनि उनको लेखनमा धेरै विषयवस्तु छुटेका छन । संग्रहकोे कथाहरुलाई पछिल्लो दशकको दस्ताबेज भनिएतापनि द्घन्द्घ र यसको प्रभावका बिषयमा कतैपनि उठान गरेको भेटिदैन । संग्रहका कथाहरुले कथाकारकैै भोगाई र अनुभवलाई धेरै स्थान दिदा पुस्तक पढदै जाँदा कतै कथाकारकै आत्मबृतान्त त होइन भन्ने आभाष पाठकले गर्न सक्छन । साहित्यिक रसोस्वादनमा डुबि ज्ञानको खोज गर्ने पाठकहरुलाई यस पुस्तकले उतिसारो खुसी दिन सकेको छैन । आफ्नै भोगाई र अनुभवलाइ संग्रहमा थोर्पनुको सट्टा नयाँ पुस्तक तयार गर्न सकिन्थ्यो तर त्यो कुरालाई नजरअन्दाज गरी क्षत्रीले अन्याय गरेको महशुस पाठकले गर्न सक्छन् । जसले गर्दा एडगर एलन पोले ब्याख्या गरेजस्तो प्रारम्भ, मध्य र अन्त्यको तालमेल ‘जवाफ’, ‘उपहार’, ‘अध्ययन गर्न बाकी छ’, ‘शिक्षक आनन्द’ जस्ता कथाहरुमा देखिदैन । यस अर्थमा हेर्दा कोलोरिजको सेकेन्डरी इम्याजिनेसनको झल्को सँग्रहका कथाहरुमा भेटिदैनन् । अरु जे जे भएतापनि पुस्तकमा संरक्षित बाईसवटा कथाहरुले हाम्रो समाज र समयलाई कतै न कतैबाट जोडेको कुरालाई नर्कान सकिदैन । इन्द्रमायाको जादु चलेतापनि नचलेतापनि यसले उठान गरेका बिषयवस्तुहरु सापेक्ष छन् । फलस्वरुप यसले नेपाली साहित्य आकाशमा आप्mनो चिनारीको खाबो गाडिसकेको छ ।
    विधा ः कथासंग्रह
    प्रकाशक ः चरैवेती प्रकाशन
    पृष्ठ ः ९४
    मुल्य रु. २००

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *